ताजा समाचार

समाजिक सहमति पछि साना किसान भवानीपुर प्र ध को ताला खुल्यो

  • वैशाख २७, २०७८
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चौधरी लहान २६ बैशाख । चार दिन अगाडी साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रध मा लगाईएको ताला समाजिक सहमति पछि खुलेको छ । विगत ४ महिना देखि अध्यक्ष पदको लागी संचालक समिति भित्र विवाद रहेको थियो । पदिय जिम्मेवारी वाँडफाँड नमिले पछि बुधबार लक्ष्मी नारायण यादव लगायत वहाँका सर्मथकले ताला लगाएका थिए । समाजिक संस्था जस्तो ठाउँमा ताला बन्दी भएको भन्दै समाजिक अगुवाहरुले चासो लिई दुवै पक्षलाई समझदारीमा ल्याई ताला खुलाईएको हो । असंन्तुष्ट पक्षले राखेको माग पुरा भए पछि ताला खुलेको समाजिक अगुवा सुर्यनारायण यादवले बताए । ताला खुले पछि स्थानिय लगायत शेयर सदस्यहरु खुशि भएका छन । समाज प्रवल हुन्छ सबैलाई समाज भित्रै बस्नु छ त्यसकारण समाजको कुरा मान मैले जरुरी ठाने ताला लगाएका लक्ष्मी नारायण यादवले बताए ।

अर्का समर्थक तथा शेयर धनि श्रीदेव यादवले भने भविष्यमा साना किसानमा राम्रो काम होस र पाईएको काजगात हेरे पछि अबको बाटो तय गर्ने बताए । समाजिक भेलालाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष मागैन महतोले भने हामी संचालक समितिबाट कुनै न कुनै ठाउँमा भुल भएकै हो काम गदैृ जादाँ सिकने हो । अगामी दिनहरुमा यस्ता किसिमका भुलहरुलाई फेरी फेरी नदोहोरीने गरी अब सम्पुर्ण पदाधिकारी मित्रहरुलाई समेटेर जाने प्रतिबद्धता समेत जाहेर गरे । सहमति पछि अध्यक्षमा मागैन महतो, उपाध्यक्षमा सरिता कुमारी सिंह र बाँकी सात सदस्य गरी जम्मा नौ सदस्य समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤