Siraha Times
ताजा समाचार

योङ्ग कम्युनिस्ट लिग नेपाल द्वारा सखुवान्नकारकट्टीमा विशेष छलफल सम्पन्न

  • वैशाख ११, २०७८
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / लहान / बैशाख- ११ गते। सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका तीनकुने चौकमा हिजो शुक्रबार योङ्ग कम्युनिस्ट लिग नेपाल द्वारा भेला भई विशेष छलफल सम्पन्न गरेको हो । योङ्ग कम्युनिस्ट लिग नेपाल सखुवान्नकारकट्टी गाउँपालिका कमिटी सिरहा द्वारा उक्त बैठक आयोजित थियोे । बैठकमा प्रदेश र जिल्लाबाट व्यक्तिहरुको सहभागीता रहेको थियोे । बैठकमा निम्न महत्त्वपूर्ण विषयहरुमा चर्चा परिचर्चा गरिएको हो । जस्तो कि गाउँपालिकामा भइरहेको गतिविधि खोज खवर । विकास निर्माण खोज नीति । शिक्षा , स्वास्थ्य र कृषि सम्बन्धि विशेष खोज नीति , पुर्ण सरसफाइ अभियानको शुरुआत । यो सँगै लागु अौँषध नियन्त्रण अभियान , खेत र पेट निरोगी बनाउन माटो बचाउ अभियान , बाल बिबाह , दाइजो प्रथाको अन्त्य गर्ने । भ्रष्टाचारी बिरुद्ध आँधिबेरी ल्याउने जस्ता अति महत्त्वपूर्ण विषयमा शिघ्र योङ्ग कम्युनिस्ट लिग परिचालित हुनु पर्नेमा जोड दिइएको छ। कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको र सबैमा साकारात्मकता कार्यक्रम निहित रहेको रहमुल राइनले बताए ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१