ताजा समाचार

सुरुंगा नगरपालिका सामाजिक विकृति विरुद्ध अभियानमा सक्रिय ; नगर उप–प्रमुख पासवान

  • वैशाख ११, २०७८
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ११ बैशाख । मदिरा सेवनका कारण घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सप्तरीको सुरुंगा नगरपालिकाले अहिले व्यापक रुपमा अभियान नै चलाएको छ । नगरको शान्ति सुरक्षालाई मध्यनजर गरी यो चलाइएको हाम्रा सहकर्मी रोहित कुमार मण्डलसंग छोटोकुराकानी गर्दै नगर उप –प्रमुख बिन्दा कुमारी पासवानले सो कुरा जानकारी गराउनुभएको हो ।

यो अभियान अन्तरर्गत नगरक्षेत्रमा बेलुका साढे ८ ः०० बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको नगर उप –प्रमुख पासवानले बताइन । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ लगिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ । समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजेमा अश्लिल गित बजाउंने धेरैलाई कारवाही समेत गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी समेत भइरहेको छ भने वातावरण स्वच्छ राख्न नगरपालिका अभियानले जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरि सकेको छ भने सोलार बती समेत जडान भइसकेको छ ।

शैक्षिक सुधार ः सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि नियमित अनुगमन थालेको नगर उप– प्रमुख पासवानले बताउंनुभयो । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बताउंनुभयो । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।

स्वास्थ्य ः जनताको सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन भएका छन् भने स्वास्थ चौकीहरुको नियमित अनुगमन समेत थालेको उप नगर प्रमुख पासवानले जानकारी दिनुभयो । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤