ताजा समाचार

मधेस मिडिया मिसन नेपाल द्वारा स्व.कृष्णबहादुर यादव र स्व. गुरुशरण सदा प्रति श्रद्धाञ्जली अर्पण

  • वैशाख ११, २०७८
  • १८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान बैशाख ११ गते ।मधेस मिडिया मिसन नेपाल द्वारा सिरहाको लहान शहिद पार्क मा मधेश आन्दोलनको अगुवा तथा विभिन्न विभेद अन्त्यको लागि सधैं अग्रिणी भूमिका निर्वाह गर्दै आउँनु भएका स्व. कृष्णबहादुर यादव र बहुप्रतिभाका धनी समाजिक अभियानता एवं मैथिली गायक , पत्रकार स्व. गुरुशरण सदा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। शुक्रबार लाहान स्थित शहिद चौकमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा जिल्लाका विभिन्न कलाकार, पत्रकार, समाजसेवी एवं बुद्धिजिवीहरुको उपस्थिति रहेका थिए ।

No description available.

मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउन आफ्नो ज्यानको बाजी लगाउने कृष्ण बहादुर यादवलाई श्रद्धान्जली दिदै मधेश मिडिया मिसनका केन्द्रिय अध्यक्ष दिनेश्वर गुप्ताले भने ' मधेश सहित देशकै राजनैतिक परिवर्तनमा स्वर्गीय यादवको विशेष योगदान रहयो । उनले बाचुन्जेल पदिय मोहलाई त्यागी समाज परिवर्तनको बाटोमा गईरहे । उनको यस्तो बलिदानीलाई यो शहिद नगरीले सदैव सम्झिने छ ।'

No description available.

मधेश विद्रोह ताका सह-संयोजक समेत रहेका मधेश मिडिया मिसन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले स्वर्गीय यादवको बलिदानी खेर जान नदिन उनको स्मृति पार्क बनाउन सरकारलाई अनुरोध गरे । अध्यक्ष गुप्ताको अनुसार 'देशमा संघीयताको जग बसालेको मधेश आन्दोलनका कैयौं योद्धाहरु अहिले पनि संघर्षमय जिवन बिताउन बाध्य छन । उनीहरू कै योगदानले कतिपय नेताकार्यकर्ता देशको राजनीतिमा स्थापित भएका छन तर दुर्भाग्यवश मधेश आन्दोलनका वास्तविक सिपाहीहरुलाई अझै आफ्नो अस्तित्व खोज्न बाध्य पारिएको छ ।

No description available.त्यसैगरी अध्यक्ष गुप्ताले मुसहर समुदायका पत्रकार एवं कलाकार स्वर्गीय गुरुशरण सदायलाई श्रद्धान्जली अर्पण गर्दै भने 'सदायले धेरै कम समयमा आफुलाई बहुप्रतिभाशाली बनाए । उनको जिवनको साहासिक यात्रा अरुको लागि प्रेरणादायी रहनेछ ।' सदायको अल्पआयुमा भएको निधन प्रति गहिरो सम्वेदना ब्यक्त गर्दै गुप्ताले शोकाकुल परिवारको हरेक पाईलामा मधेश मिडिया मिसन नेपाल सारथी रहने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव, कोषाध्यक्ष विरेन्द्र नेपाल, सह सचीव राजेन्द्र महतो, जसपाका युवा नेता मनोज (मन्जे) यादव, जसपाका नेता बलिराम यादव, बुद्धिजीवी जयकिशोर यादव लगायत दर्जनौं ब्याक्तित्वले स्वर्गीय यादव र सदायलाई श्रद्धान्जली दिएका थिए ।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤