उदयपुरमा मानव कंकाल फेला

  • वैशाख ८, २०७८
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख ८ ।उदयपुरमा मानव कंकाल फेला परेको छ । रौतमाई गाउँपालिका ७ मा पर्ने नवज्योति वनको हिले खोल्सिमा घाँस काट्न गएको मानिसहरूले शुक्रवार मानवको कंकाल देखेपछि प्रहरीमा खवर गरेका थिए । घटना शंखास्पद भएकोले प्रहरीले शुक्षम अनुसन्धान शुरु गर्यो घटना स्थलबाट चुरा, पोते ,ढुङ्गा, र छोरा मान्छेले लगाउने टोपी फेला परेको छ ।प्रहरीले रौतामाई ७ बस्ने पवन अछामेको २४ वर्षिय राजु अछामेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेद प्रशाद गौतमले बताउनुभयो । जंगलमा भेटिएको कंकाल २७ वर्षिय मधेशी मुलकी मागी खाने महिलाको भएको र राजुले ती महिलालाई जबर्जस्ती करणी पछि जंगलमा कोही नभएको बखत ढुङ्गाले हानेर मारेको अनुसन्धानबाट खुलेको छ यस्ता अनुसन्धान सहज तरिकाले खुल्छ र दोषी पत्ता लाग्छ तर पछिम नवलपरासिको प्रतापपुर गाउँपालिका ७ की मालती कोइरीकाे लास र सास हालसम्म अज्ञात रहनु चिन्ताको बिषय बनेको छ ।यो फोटो इन्टरनेट बाट लिएको हो

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१