प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको दर्दनाक दृश्य

  • वैशाख ८, २०७८
  • ९७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख ८ । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको दर्दनाक दृश्य देखापरेको छ । विश्वबाट लोपको अवस्थामा रहेको गिद्ध प्रजाती प्रकृतिको कुचिकार भनेर चिनिन्छ । विगतमा मानिसहरूले घरमा पाल्दै आएका घरपालुवा जनावरको विविध कारणले मृत्यु भएपछि सिनो कुनै खुला चौर अथवा बस्तीबाट टाढा रहेको खोला किनारमा फाल्ने चलन हुँदा गिद्धहरु सिनो खानको लागि देखा परिरहन्थे तर आधुनिकता सँगै पशु चौपायमा बेला बेलामा देखा पर्ने विभिन्न किसिमका रोगका कारण मार्ने चौपायालाई खुल्ला चौरमा फाल्नुको सट्टा माटोमा गाड्ने चलन आएपछि गिद्ध देखा पर्न छोडेको बुझिन्छ । गिद्धलाई यतिबेला संरक्षणको सूचीमा सरकारले राखेको अवस्था रहेको वर्तमान समयमा पछिम नवलपरासिको रामग्राम नगरपालिका ४ को जीतपुर स्थित १०० को संख्यामा गिद्ध मरेको फेला पर्नु चिन्ताको विषय मात्र नभई स्थानिय प्रशासनले घटनाको अनुसन्धान प्रती ध्यान दिन जरुरी देखिन्छ । घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेको गिद्धको वास्तविक अवस्थाप्रति तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१