रेडक्रस उपशाखा उदघाट्न समारोहमा सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

  • वैशाख ५, २०७८
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान बैशाख ५गते। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय कर्जन्हा -७सिरहाको उदघाट्न समारोह तथा बृहत् रक्तदान कार्यक्रममा पत्रकार महासंघ सिरहा शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान र नेपाल रेडक्रस सोसाइटी उपशाखा कर्जन्हाका सभापति सरोज कुमार पासमानले शनिबार उपशाखा उदघाट्न समारोहमा पत्रकार महासंघ सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर , माला र गम्छा लगाइ सम्मान गरेका हुन।

No description available.

कार्यक्रम मा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज कु बनैता यादव , निवर्तमान अध्यक्ष दिनेश्वर प्र. गुप्ता, उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव , सह सचिव राजेन्द्र महतो लगायतका पदाधिकारीहरुलाई सम्मान गरेका छ्न। उद्घाटन समारोहमा नेपाल नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता यादव ले रेडक्रसलाई दिनुपर्ने साथ र सहयोग सदैब हाम्रो तर्फबाट अग्रणिय रुपमा रहने प्रतिबद्धता जनाउदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्र.यादव, कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जगदिश मण्डल, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका कार्यक्रम संयोजक अशोक कु. यादव , कर्जन्हा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भुषन खाती, वडा नं. ७ का वडा अध्यक्ष जयकिशोर साह, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष बहादुर महरा, वडा नं. ११ का वडा अध्यक्ष कपिल यादव, कार्यपालिका सदस्य रामचन्द्र साह, गुब्दी देवी पासमान, कर्जन्हा नगरपालिकाका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेका थिए । उद्घाटन समारोह संगै रेड्क्रसले वृहत रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१