ताजा समाचार

रेडक्रस उपशाखा उदघाट्न समारोहमा सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

  • वैशाख ५, २०७८
  • १३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान बैशाख ५गते। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय कर्जन्हा -७सिरहाको उदघाट्न समारोह तथा बृहत् रक्तदान कार्यक्रममा पत्रकार महासंघ सिरहा शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान र नेपाल रेडक्रस सोसाइटी उपशाखा कर्जन्हाका सभापति सरोज कुमार पासमानले शनिबार उपशाखा उदघाट्न समारोहमा पत्रकार महासंघ सिरहाका नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर , माला र गम्छा लगाइ सम्मान गरेका हुन।

No description available.

कार्यक्रम मा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज कु बनैता यादव , निवर्तमान अध्यक्ष दिनेश्वर प्र. गुप्ता, उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव , सह सचिव राजेन्द्र महतो लगायतका पदाधिकारीहरुलाई सम्मान गरेका छ्न। उद्घाटन समारोहमा नेपाल नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता यादव ले रेडक्रसलाई दिनुपर्ने साथ र सहयोग सदैब हाम्रो तर्फबाट अग्रणिय रुपमा रहने प्रतिबद्धता जनाउदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्र.यादव, कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जगदिश मण्डल, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका कार्यक्रम संयोजक अशोक कु. यादव , कर्जन्हा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भुषन खाती, वडा नं. ७ का वडा अध्यक्ष जयकिशोर साह, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष बहादुर महरा, वडा नं. ११ का वडा अध्यक्ष कपिल यादव, कार्यपालिका सदस्य रामचन्द्र साह, गुब्दी देवी पासमान, कर्जन्हा नगरपालिकाका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेका थिए । उद्घाटन समारोह संगै रेड्क्रसले वृहत रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤