ताजा समाचार

लगातार डकैतीले व्यापारी असुरक्षित बन्दै;सुरक्षाको अनुभुति दिलाउन राज्यसँग मांग

  • चैत ३१, २०७७
  • ७४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / लहान - चैत्र ३१ गते मंगलबार। सिरहाको लहानमा लगातार डकैतीका कारण व्यापारी तथा सर्वसाधारण असुरक्षित बन्दै गरेको छ। कसरी गर्ने व्यापार , सुरक्षा अनुभुति दिलाउन व्यापारीहरु राज्यसँग मांग गरेको छ। सिरहाको लहानमा डकैती गरी गाडी र सामान सिरहाको बेल्हामा फेला पारेको छ। लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले गाडी र सुनचाँदीका गर गहना लुटेर भागेका थिए। हतियारधारी लुटेरा समुहले सारडाको बा. १० च ९३०२ नम्बरको जीप भागेका थियोे उक्त जीज सिरहा प्रहरीले कल्याणपुर नगरपालिका -१२ बेल्हामा फेला पारेको हो । हिजो बेलुका साँझ ६:३० बजे ७-८ जनाको समूह आएका हत्यारधारी लुटेरा लकर फोरेर सुनचाँदी र गाडी सहित लुटेर भागेको पीडित परिवारको भनाइ रहेको छ। यो भन्दा पहिला पनि लहान नगरपालिका वडा नम्बर २२ मा पनि चैत्र २९ गते राति डकैती गरेर मान्छेको ज्यान समेत लिईएको खवरसामु नै छ। उक्त घटना २४ घण्टा नबित्दै दोहोरिएको हो । यसमा इलाका प्रहरी कार्यालय लहान मौन देखिएको छ। घटना छानबिनमा सुस्त देखिएको छ।

लहानमा डिएसपी डा. पतन दाहाल आउनु मालपोत कार्यालयमा बम बिस्फोट हुनु , लगातार २४ घण्टा नबित्दै सुनचाँदी पसलमा डकैती हुनु त्यो पनि शहरमा प्रश्न चिन्ह खडा हुनु स्वभाविक हो भन्ने व्यवसायी र सर्वसाधारणको भनाइ छ। त्यसैले यी कार्यहरु प्रति व्यापारी असुरक्षित महसुस गर्दै चिन्तित र त्रसित बन्दै गइरहेको छ। असुरक्षित बन्दै गएकोमा राज्यसँग सुरक्षा अनुभुति दिलाउन मांग गरेको छ। निश्पक्ष छानबिनको लागि होस र फटहा चोर , डकैतलाई कार्वाही होस भनी सुनचाँदी व्यवसायी जेसी वसंन्त साहले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤