Siraha Times
ताजा समाचार

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशनको सपथ ग्रहण सम्पन्न

  • चैत २२, २०७७
  • ११३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ चैत -नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेपाल कुशवाहा समाजको प्रमुख निर्वाचनको कार्यालय लहानले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा निर्वाचन संयोजकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहनु भएको थियो । प्रमुख अतिथि महतो को अनुसार अगामि चुनावमा कुशवाहा समुदायको शशक्त रूपमा अगाडि बढनु पर्छ भन्दै कुशवाहा परिवारको शसक्त रूपमा अगाडि बढाउन सदैब तत्पर रहेको बताउनु भयो।बिशिस्ट अतिथि पुर्व मंन्त्री लक्षमण मेहता ले देशको राजनीति परिस्थिति ठिक न भए ता पनि कुशवाहा विद्यार्थी ले नयाँ कार्यसमिति छनोट गरी नयाँ शक्तिको रूपमा अगाडि बढी रहेको भन्दै नयाँ कार्यसमितिहरुलाई सुभ कामना दिनु भयो । अर्को बिशिस्ट अतिथि पसुपति आदर्श उच्च माध्यमिक बिधालयको प्रधान अध्यापक बिश्वनाथ महतो ले भने यस्तो चुनौती को घडीमा र एउटा नेतृत्वको भावना र सफल कार्यकाल को कामना संगै माग निर्देशनको काम गर्दै अगाडि बढाउनु पर्ने हो भन्दै युवा शक्ति नै बिश्वको परिवर्तन ल्याउने शक्ति मध्ये मुल शक्ति नै युवा हो उनले बताएका थिए । अतिथि नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष धनपती महतो का अनुसार कुनै लोभ र लालचमा नपरेर कुशवाहा विद्यार्थीको हक अधिकारको लागी काम गर्न नवकार्य समिति संग आग्रह गर्दै सुभ कामना दिएका थिए। त्यसै गरी कुशवहाँ समाजका सप्तरी जिल्ला अध्यक्ष हंस नारायण मेहता का अनुसार बिकास र संगठनात्मक बिकास भएको छ र राजनीति रूपमा हाम्रो समाज पछाडि रहेको र हाम्रो कुशवाहा समाज देशमा परिवर्तन ल्याउन बलीदानीमा अगाडि रहेको र हक अधिकार मा पछाडि देखिएको बताउनु भयो। अतिथिहरुमा कुशवाहको पुर्व जिल्ला अध्यक्ष राम नारायण मेहता, निबर्तमान उपाध्यक्ष दिनेश महतो लहान नगर अध्यक्ष रामु महतो बुद्धि जिवि समाजका फुलेश्वर महतो,राष्ट्रिय ब्यापारी समानित राम उदगार महतो,बिन्देश्वर महतो,हरिनारायण महतो, केन्द्रिय सचिब मनोज सिंह राम आशिष महतो ,संजय कुमार महतो,संजिप सिंह गंगा राम महतो,जितेन्द्र महतो,मागैन महतो,पबिना महतो रंजना सिंह ,गुलाब सिंह, दिपेन्द्र कुमार महतो,रिता सिंह ,राम उदगार महतो , सुर्यनाथ महतो ,ॐ प्रकाश् महतो,महेश महतो शिक्षक जितेन्द्र महतो ,महेश महतो ,दुर्गा प्रसाद महतो ,रोशन कुशवहाँ दिपेन्द्र महतो, प्रदिप महतो नेपाल पोस्ट दैनिकका प्रधान समपादक महेश सिंह एम स्टार टेलिभिजनको संचालक पत्रकार बिटु सिंह, जितेन्द्र सिंह, नबिन महतो पुजा संग लगायत सयौं कुशवहाँ विद्यार्थीहरुको सभगिता रहेको थियो भने कार्यक्रम संचालन बिएन सिंहले गरेका थिए । कुशवहाँ बिद्यार्थीका नयाँ केन्द्रिय अध्यक्ष मुकेश महतो उपाध्यक्ष पंकज मेहता लगायत सम्पुर्ण नबकार्य समितिहरुलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१