राष्ट्रिय शिक्षक समाज नेपाल समायोजन तथा सम्मान कार्यक्रम सम्पन्न

  • चैत ८, २०७७
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदारसिरहा , चैत्र ८ गते आइतबार। निजी विद्यालय कार्यक्रम अन्तर्गत मोरङको विराटनगरमा ७ गते भएको राष्ट्रिय शिक्षक समाज नेपाल मोरङ समायोजन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला कार्य समिति द्वारा आयोजित उक्त कार्यक्रममा सम्पूर्ण शिक्षकहरू सहभागीता रहेको थियोे । नव निर्वाचित जिल्ला मोरङका कमिटीहरुलाई हार्दिक बधाई तथा उतोरोतर प्रगति शुभकामना दिइएको छ। अध्यक्ष जय प्रकाश साह , उपाध्यक्ष मेनुका राई , सचिव भवानी शंकर भट्टराई , सह सचिव विरेन्द्र कुमार महतो कोषाध्यक्ष वीवा साह सदस्यहरुमा नरेन्द्र राई , अमित सरदार , विजय दुर्गालाल , अमिर शाक्य लगायत १७ सदस्य समिति सहित निर्वाचित भएको छ। निर्वाचित सम्पूर्ण शिक्षकहरुलाई सम्मान तथा बधाई दिइएको थियोे । निर्वाचित जिल्ला कार्य समिति चैत्र ७ गतेदेखि लागु हुनेगरी जिल्लाका कार्यहरु गर्ने तथा कामकाजलाई निरन्तरता दिन समितिबाट निर्णय भएको राष्ट्रिय शिक्षक समाजका सदस्य अमित सरदार बताए । अब आउने दिनहरूमा छुट्टै पहिचान दिलाउने , शिक्षक जोडदार रुपमा प्रस्तुत हुनुपर्ने सबैको धारणा रहेको कार्यक्रम भएको सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१