ताजा समाचार

सिरहाको जनसरकार प्रमुख खारेज, पार्टी कमजोर बनाएको आरोप

  • चैत ८, २०७७
  • १७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) सिरहाको नबौं बैठकले सक्रेटरी इन्चार्ज र घोषणा गरिएको जनसरकार प्रमुखलाई खारेज गरेको निर्णय गरेको छ । चैत ७ गते सुदीलाल यादवका सभाध्यक्षतामा बसेको बैठकले सिरहा जिल्लाका इन्चार्ज सक्रेटरी र ब्युरो इन्चार्जले पार्टीलाई गुमराहमा राखेर संगठनलाई कमजोर बनाएको आरोप लगाएको छ । सहि सत्य धारणा राख्ने तथा जनपक्षीय विचार दिनेपक्षलाई बैठकमा नबोलाएको आरोप लगाउँदै पार्टीका सिरहा जनसरकार प्रमुख तथा जनकपुर ब्युरो उपप्रमुख भक्तबहादुर कार्कीले भने केही जिम्मेवार व्यक्तिले अनियमिता तथा पार्टी हित विपरित क्रियाकलाप गरेको कारण यिनीहरुको जिम्मेवारी खारेज गरेको निर्णय गरिएको हो । आजको बैठकले इन्चार्ज सक्रेटरीलाई राखेर स्पष्टिकरण माग्ने निर्णयका साथै महासचिवसँग आन्तरिक छलफल गरी संगठन सुदृढ बनाउँने निर्णय समेत गरेको जानकारी प्राप्त भएको छ । बैठक सिरहाको एक पश्चिमी स्थानीयतह क्षेत्रमा भएको हो । बैठकमा नेकपाका दूई दर्जनबढी जिम्मेवार व्यक्तिको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤