Breaking: ऋषिराम कट्टेलको नेकपालाई सर्वोच्चले दियो मान्यता

  • फागुन २३, २०७७
  • १०४९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएको छ । योसँगै सत्तासीन नेपाल कम्युनिस्ट पार्टीमा यसको असर देखिने छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको आधिकारिकता कट्टेललाई दिने फैसाला सुनाएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि एकीकृत पार्टीको नाम नेकपा राखेर निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एकीकरणपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको दल नेकपा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नाममा दर्ता भएको भन्दै ऋषिराम कट्टेलले आयोगविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । 

कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्ने गरी केही संकेतमात्रै थपेर दल दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध गत २१ मंसिर २०७५ मा मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१