ताजा समाचार

Breaking: ऋषिराम कट्टेलको नेकपालाई सर्वोच्चले दियो मान्यता

  • फागुन २३, २०७७
  • ११३५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएको छ । योसँगै सत्तासीन नेपाल कम्युनिस्ट पार्टीमा यसको असर देखिने छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको आधिकारिकता कट्टेललाई दिने फैसाला सुनाएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि एकीकृत पार्टीको नाम नेकपा राखेर निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एकीकरणपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको दल नेकपा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नाममा दर्ता भएको भन्दै ऋषिराम कट्टेलले आयोगविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । 

कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्ने गरी केही संकेतमात्रै थपेर दल दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध गत २१ मंसिर २०७५ मा मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤