Siraha Times
ताजा समाचार

राजनीतिक परिवर्तन भए पनि प्रशासनिक मानसिक्ता,प्रशासनिक नजरियाकै कारणले परिवर्तन हुननसकेको;नेता महतो

  • फागुन २१, २०७७
  • १५२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २१ गते शुक्रबार। सामान्य किसान परिवारबाट २०४१ साल ०५ महिना ०५ गतेमा जन्मेका लहान नगरपालिका वडा नम्बर २ भगवतपुर टोलका युवा जोसिला नेता रामचलितर महतो अहिले जसपा नेपाल पार्टीबाट देश र समाजको विकासमा जुटेको छ। उनले भने मुलुकमा ठुल्ठुल्ला राजनीतिक परिवर्तन भए पनि प्रशासनिक मानसिक्ता , प्रशासनिक शक्ति र प्रशासनिक नजरियाको कारणले अहिले देशमा परिवर्तन हननसकेको जिक्र गरेको छ।

सदियौंदेखीको विभेद तथा असमान्ता यथावत रहेको उल्लेख्य गर्नुहुदै जनसंधर्षलाई निरन्तरता दिनु पर्ने भनेका छन। नेता महतो ६२/६३को मधेश जनआन्दोलन संघर्ष समितिको सदस्य भई निरन्तरता दिई दोस्रो संविधान सभाको केन्द्रीय सदस्यीय तथा प्रत्यासी सिरहा क्षेत्र न. १ बाट (मधेशी जनअधिकार फोरम नेपाल) बाट उम्मेदवारी दिईएका थिए। अहिले मधेशी दलित जनजाति तथा सोसित वर्गप्रति निरन्तरता दिईएको देखिन्छ , अधिकारको लागि आन्दोलनमा सक्रिय रहको नेता महतोले बताए ।

आउने दिनमा यी वर्गप्रति र देश , जनता , समाज , राजनीतिक समस्या प्रति प्रतिवद्धता जनाएका छन। मधेश आन्दोलनकै कारण अहिले गन्तन्त्र संघियता आएको नेताले दावी गरेको छ। समाजमा उनका उल्लेखनीय योगदानहरु रहेका छन जस्तै रामकुमार उमाप्रसाद स्मारक अस्पताल स्वास्थ्य तथा जनसंख्या वातावरण मन्त्री उपेन्द्र यादवलाई  पहलगरी ५० बेडको अस्पताल प्रदेश स्तरमै ल्याए। लहान बाल होस्पिटल उपेन्द्र यादव , विजय यादवबाट शिलान्यास तथा प्रदेश सरकारबाट ५० लाख अनुदान दिलाएका थिए।

लहान नगरपालिका २४ वडा मघ्ये स्वास्थ्य चौकी नभएको वडाहरुलई विशेष पहलमा जस्तै २,४,५,८,१५,२२,२४ लगायतका १० वडामा स्वास्थ्य चौकी स्थापना गराएका थिए। रोड बाटोघाटो , त्यसैगरी ३० लाखको लगानीमा लहान नगरपालिका २२ मा प्रदेश सरकारको विशेष अनुदानमा रामजानकी मन्दिर निर्माण गरेको छ। त्यसैगरी लहान १२ मा २५ लाखको लागतमा प्रदेश सरकारको लागतमा पक्की सडक निर्माण नेता रामलितर महतोको हातबाट शिलान्यास भएको थियोे ।

देश भक्त युवा सचेत बनौं समेत भनेका छन ; यदि वर्तमानको युवा पुस्ताले गल्ती गर्छ भने अखण्ड नेपाल , हाम्रो धर्म , साँस्कृतिक र सामाजिक संरचना केही बाँकी रहदैन , त्यसैले अहिलेको युवा पुस्ताले झुकिएर पनि गलत , अधार्मिक र अमौलिक संगठनहरुलाई साथ दिनु र लिनु हुदैनन् । हेर्दा राम्रो देखिए पनि भित्री रुपमा मुलुक विरुद्ध गतिविधि गरिरहेका त्यसता समूह प्रति सजक बन्न आग्रह समेत गरेको छ,बरु जङ्गलमा गैंडा जस्तो एक्लै हिड्नु उचित हुन्छ तर गलत व्यक्ति र समुहको साथमा रहनु स्वार्थ अमान्य साथै त्यस्ता समुहलाई साथ दिदा कुल पित्र राष्ट्रप्रति अन्याय हुने कुरा नेता रामचलितर महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१