ताजा समाचार

कल्याणपुर न.पा. १० कोवडा कार्यालयकोभवन का.वा.मेयर रोहिणि यादवद्धारा शिलान्यास

  • फागुन १२, २०७७
  • १२४९ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷फाल्गुण १२ गते,
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १० स्थित एक कार्यक्रम आयोजना गरि चारकोठे भवनको लागि कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रोहिणि कुमारी यादवले शिलान्यास गरेकि छिन । कल्याणपुरर नगरपालिका वडा नम्बर १० मा वडा कार्यालय भाडामा रहि जनसमुदायको दैनिकीरुपमा सेवा प्रवाह गरिदै आईरहेको थियो । देश संघियतामा रुपान्तरण पछि धेरै ठाउँमा भौीतक संरचनाको अभाव भएको समयमा कल्याणपुर नगरपालिका वडा नम्बर १० को आफनै कार्याँलय नभएको अवस्थामा चारकोठे भवना निर्माण गर्न लागिएको हो । कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रोहिणीका अनुसार नगरपालिका भिञ भौतिक संरचनाको अभाव भैरहेको समयमा आफुलगायत जनप्रतिनिधीहरु भैतिक संरचनामा समन्वय गरेर नगरपालिका भित्र भौतिक संरचनामा मेरो प्राथमिकता रहेको बताएकी छिन । कार्यवाहक मेयर रोहिणि यादवले आफनो कार्यकाल सम्ममा जनसमुदायको सेवा सुविधा सम्मपन्न नगरपालिका भित्रका वडा कार्यालय र स्वास्थ्य चौकी लगायतको भौतिक निमार्ण पहिलो प्राथमिकता राखेकोसमेत बताउनु भयो  । प्राथमिकताकै आधारमा आज कल्याणपुर नगरपालिका वडा नम्बर १० मा भवनको शिलान्यास गरिएको समेत बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष धनविर मण्डलले समेत सहभागितामा संयुक्तरुपमा वडा कार्यालयको शिलान्यास गरिएको हो । शिलान्यास कार्याक्रममा वडा का भद्र भलादमि, वुद्धिजिविहरुको समेत उल्लेख्यरुपमा सहभागिता रहेको थियो । कल्याणपुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको भवन २० लाख नब्बे हजारमा निमार्णहुने वडा अध्यक्ष धनविर मण्डलले जानकारि दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤