भागरथी भट्टको हत्या आरोपी सार्वजनिक

  • फागुन ५, २०७७
  • ५४९ पटक पढिएको
  • रामएकवाल राम
alt

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । 

घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

यसैबीच भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिनुभएको छ । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्टविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

ल.ना.कौ.ज.मा.वि. नहर ...

ओम प्रकाश यादव लहान जेठ २ । शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुशासित र सकारात्मक पठनपाठन वातावरण निर्म ...

भूमि सम्बन्धी विधेयक ...

लहान, जेठ २ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हालै पुनः संसदमा पेश गरिएक ...

लहान नगरपालिकाका विद ...

ओम प्रकाश यादव लहान, जेठ २ ।  गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले नगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१