ताजा समाचार

२६औं जनयुद्ध दिवस धनुषामा पनि मनाईयो

  • फागुन २, २०७७
  • १७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाधाम, २ फागुन, २०७७ । नेता, शहीद, वेपत्ता, अपाङ्गता भएकाहरुका सन्ततीहरुको अधिकार प्राप्तिको लागि र संविधान रक्षाका लागिसमेत आन्दोलनको विकल्प नरहेको बताइएको छ । २६औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा पार्टी कार्यालय धनुषामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो बताएका हुन् ।

रामचन्द्र पन्डितको अध्यक्षता एवम् नेकपा केन्द्रीय सदस्य रतनेश्वर लाल गोइतको प्रमुख अथित्वमा भएको जनयुद्ध दिवस समारोहमा प्रदेश सदस्य एवं शहीद नगर नगरपालिकाका मेयर उदय कुमार बरवरिया यादव, झल्कु यादव, चन्द्रदेव राउत, देव सागर दास, राष्ट्रिय युवा संघ धनुषा अध्यक्ष सरोज यादव, सन्जय कुमार शर्मा लगायतका वक्ताहरुले समेत जनयुद्धका समयमा महत्वपूर्ण योगदान पुर्याउने शहीद, बेपत्ता तथा अपाङ्गता भएकाहरुको योगदानको मूल्याङ्कन गर्दै राज्यले उनीहरुका सन्ततीहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम उद्वघोष जिल्ला युवा संघका अध्यक्ष सरोज यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤