ताजा समाचार

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

  • माघ २९, २०७७
  • ७९७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं :नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन् । प्रचण्डले झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गरे । आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको पेरिसडाँडामा गरीएको भेलामा प्रचण्डले झाँक्रीलाई बुधवार (हिजो) पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीवार (आज) प्रहरीले पक्राउ गरेको बताएका छन् । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई आज पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤