प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

  • माघ २९, २०७७
  • ६९८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं :नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन् । प्रचण्डले झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गरे । आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको पेरिसडाँडामा गरीएको भेलामा प्रचण्डले झाँक्रीलाई बुधवार (हिजो) पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीवार (आज) प्रहरीले पक्राउ गरेको बताएका छन् । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई आज पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१