Siraha Times
ताजा समाचार

कल्याणपुरमा जसपापार्टीद्धारा मसालजुलुस प्रदर्शन

  • माघ २८, २०७७
  • १०३८ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷ २८ गते माघ, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सयौँको संख्यामा जसपा कल्याणपुर नगरपालिका भित्रमा कार्यकर्ताहरुले साझँ टायरवालि कल्याणपुर बजार परिक्रममा गरेको हो । मसाल जुलुस प्रदर्शनमा सयौँको सख्यामा रहेको जसपाका कार्यकर्ता नेताहरु टायरमा आगोलगाइ दुर्गा मन्दीबाट सुरुगरेको मसालजुलुस कल्याणपुर बजारमा कोणसभामा परिणत भएको हो । जनता समाजबादी पार्टी कल्याणपुरको नगरअध्यक्ष रामबावु यादबको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरेको हो । प्रधानमन्त्री के.पि.शर्मा ओली ले संसद विघटन गरेको विरोधमा जसपा पार्टीले आज देशै भरि मसाल जुलुस गर्ने कार्यक्रम रहेकोले आज कल्याणपुर नरसमितीले मसाल जुलुस प्रदर्शन गरीएको हो । मसाल जुलुस प्रदर्शन गरि कल्याणपुर बजारमा गरिएको कोणसभालाई सम्बोधन गर्दै जसपा कल्याणपुर नगर अध्यक्ष रामबावु यादबले आज देश निरंकुशता ने.क.पा.पार्टी कै कारणले भएको बताएका छन । नेता रामबावु यादबले यो देशमा जनतालाई कहिले पनि सुख कम्युनिष्टहरुले दिएको छैन बरु दुखदिने काम कम्युनिष्टहरुले गर्दै आईरहेको औल्याएका छन । नेता यादबले जनताको अधिकार लोकतन्त्रको हरण गरिएकोले आफनो पार्टीले आन्दोलनको कार्यक्रम गरिएको समेत बताउनुभएको हो । जसपाका नेता रामबावु यादबले अव देशमा एउटै पार्टी जसपाले मात्र उत्पिडित समुदायको अधिकार दिलाउन र अधिकारको लागि लडने गरेकोले अवको सरकार जसपा पार्टीको हुनेमा विश्वस्त हुनुपर्ने समेत बताउनु भएको हो । कोणसभामा जसपा पार्टीका नेता प्रदीप साहले शहिदको रगतले आएको देशमा लोकतन्त्र र संघियताको रक्ष ागर्नका लागि आफनो पार्टी आन्दोलन गरेको समेत बताउनु भएको हो ।मसाल जुलुसमा कल्याणपुर नगरपालिका वडा नम्बर ३ का असाेक मण्डल, कल्याणपुर न.पा.११ का राजेश्वर यादब लगायत कोण सभामा जसपाका युवा नेताहरु धिरज मण्डल, आनन्दशर्मा लगायत युवाहरुको समेत सहभागिता रहेको थियो । मसाल जुलुस कार्यक्रममा ईलाका प्रहरि कार्यालय कल्याणपुर प्रहरिले धरपकरसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१