Siraha Times
ताजा समाचार

गैरसंवैधानिक कदमको सबै मिलेर प्रतिरोध गर्नुपर्छ,सामाजिक विकास मन्त्री साह

  • माघ २७, २०७७
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २७ माघ। सोमबार सप्तरीको दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका द्वारा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने गैरसंवैधानिक कदमको सवै मिलेर प्रतिरोध गर्नुपर्छ। कार्यक्रमको प्रमुख अतिथ प्रदेश का सामाजिक विकास मन्त्री नवलकिशोर साह रहेका थिए ।दलित सरोकार मञ्च नेपालका अध्यक्ष मुक्तिलाल मरिकको अध्यक्षतामा उक्त कार्यक्रम रहेका थिए।

मन्त्री साहले भने हामी संविधान मिचेर गरिने शासन व्यवस्थाको विरुद्धमा छौँ । केपी ओली सांसद विघटन गरेर देशमा अशान्तिलाई निम्तयाएको हो। त्यसैले यस्तो कार्यलाई गैरकानुनी र गैरसंवैधानिक रहेकोले यसलाई सवै मिलेर प्रतिरोध गर्नुपर्छ। मन्त्री साहले भने प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण एेन कार्यन्वयनको अन्तिम चरणमा रहेको बताएका छन।

दलित सशक्तीकरण कार्यन्वयनका लागि व्यवस्था गरिएको समितिहरुमा चाढैं नियुक्ति गर्न लागेको छ। दलितको हकअधिकार सुनिश्चितताका लागि प्रदेश सरकार ऐन ल्याएको छ। दलित सशक्तीकरण ऐनमा दलित समुदायका शिक्षा , स्वास्थ , रोजगार , आरक्षण सहितका धेरै सुविधाको व्यवस्था गरिएको छ। चाढैं उक्त ऐन कार्यन्वयनमा ल्याउन म प्रतिबद्ध छु। दलित अगुवा तथा विज्ञहरूसँगै पटकपटक  छलफल गरेर ऐन बनाएका हौं,ऐन कार्यन्वयनको चरणमा छ।

दलित समुदायको उत्थानका लागि प्रदेश २ सरकारले महत्त्वपूर्ण कामकाज गरेको चर्चा गरेका थिए। आफ्नो साँसदीय कोष र मन्त्रालयले दलित समुदायको हकमा बजेटलाई राखेको छ। त्यसतै कर्मचारी अभावले काम गर्न केही कठिनाई हुने गरेको बताउँदै दलितका हकअधिकार सुनिश्चितताका लागि प्रदेश २ प्रतिबद्ध रहेको छ। प्रदेश २ सरकार उत्पीडित जाती समुदायको प्रतिनिधित्व गर्ने सरकार रहेको दाबी गरेका थिए।

ऐन कार्यन्वयनमा आएपछि दलितमाथि हुने सवै प्रकारको भेदभाव समाप्त हुने उल्लेख गरेका थिए। अग्रिसाइर कृष्णसवरण गाउँपालिका १ स्थित थारु फुललाइन होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी दलित संघका संयोजक श्याम सरदारले भने विधेयकमा उल्लेख गरिएको शिक्षा , स्वास्थ , रासन काड , जनसंख्याको आधारमा समावेशी हुनुपर्ने , गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने यो सँगै सशक्तीकरण ऐन ल्याएको प्रदेश सरकारलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कविता सरदार , रुपनी गाउँपालिकाकी उपाध्यक्ष बेचनी देवी सरदार , तिरहुत गाउँपालिका उपाध्यक्ष तीर्थमाया खंगले कानुनले छुवाछूत अन्तय गरेपनि अझै कायम नरहेको भनेका थिए। यो सँगै कार्यक्रममा प्रथमलाल चौधरी , रञ्जना कुमारी राम , मुन्नी कुमारी खंग , अर्चना परियार , दुर्गा देवी खंग , बलि देवी मेहतर , रामदेवलाल खंग , कपलेश्वर सरदार , मनोज राउत लगायतका उपस्थिति रहेका थिए।

त्यसतै सियाराम पासवान , डिक बहादुर विश्वकर्मा , रुपलाल विश्वकर्मा , कमान्नद रामले ऐनलाई प्रभावकारी रुपमा स्थानीय तहहरुले पनि कार्यन्वयन ल्याउनु पर्नेमा सल्लाह दिइएको जनता समाजवादी दलित संधका संयोजक श्याम सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१