ताजा समाचार

सिरहाको लहानमा कृषि मन्त्री साह द्धारा : सहकारीको उद्घाटन

सहकारीको माध्यम बाट समाजमा आर्थिक समृद्धि ल्याउछन्: मन्त्री साह

  • माघ २७, २०७७
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ माघ - सिरहाको लहान नगर पालिका ३ स्थिति संचालनमा आएको हाम्रो कृषि सहकारी लिमीटेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह,ले रिवन काटेर सहकारीको उद्घाटन गरेका छन् ।

सयौं किसान र जनता समाज बादी पार्टी नेपालका युवा नेता राम चलितर महतो ,परियाग लाल महतो,सुरेन्द्र साह, दिनेश महतो,राम उदगार महतो ,मोहमद आलम मिया ,ललित नारायण महतो , हरिनारायण मण्डल,प्रमोद महतो, राम शंकर साह लगायत का सयौं नेताहरुले कार्यालयको स्थलगत अनु गमन गरेका थिए ।

संस्थाको अध्यक्ष लिलित नारायण महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा कृषि मन्त्री सैलेन्द्र साह का अनुसार सहकारीको मध्यमले हाम्रो मुलुकमा समाजिक परिवर्तन ,आर्थिक समृद्धि गरिबी न्यूनीकरण लगाय का काममा सहकारीको अहम् भुमिका रहेको हुन्छ यो सहकारी समाजमा राम्रो कामको भागिदार बनेर समाज परिवर्तनमा अहम भुमिका रहोस् भने उन्ति प्रगतिको सुभ कामना समेत दिएका थिए ।

सहकारी अभियानीहरु प्रति मन्त्री साह अभार प्रकट गरेका थिए । प्रदेश नम्बर २ का ८ जिल्लाका मुख्य पेसा नै कृषि रहेको बताउनु भयो ।हाम्रो २ नम्बर प्रदेशमा ७ हजार भन्दा बढी नै सहकारी रहेको छ। जुन सुपले सहकारीहरु लाई बिकास गर्नु पर्ने त्यो रुपले हुन् सकिरहेको छैन मन्त्री साह ले बताए ।उक्त हाम्रो सहकारी संस्थालाई प्रदेश सरकार बाट हुने सहयोग गर्छौ असुवासन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤