ताजा समाचार

जाडोको मौसममा नेपाली काङ्ग्रेस धनगडीमाई १२ ले,गरिबलाई न्यानो लुगा वितरण

  • माघ २२, २०७७
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २२ माघ। सिरहा जिल्ला धनगडीमाई नगरपालिका १२ मा जाडोको मौसमलाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस धनगडीमाई १२ ले गरिब असहायलाई न्यानो लुगा वितरण गरेको छ। केही सातादेखि शितलहरले जनजीवन अस्तव्यस्त भएको अवस्थामा सिरहाको उत्तरी भेगमा पर्ने सिमल्टोकी , बिष्णुपुरका दलित , गरिब , असहाय , अपांग , एकल महिला , लगायतकालाई एक कार्यक्रम बीच न्यानो कपडा कम्बल वितरण गरिएको छ। नेपाली काङ्ग्रेसका जिल्ला सदस्य विवेक राज डोटेल आमन्त्रित थिए। त्यसतै कार्यक्रममा दिपेन्द्र हमाल द्वारा कम्बल वितरण गरिएको थियोे । कार्यक्रममा १३५ घरपरिवारलाई कम्बल वितरण गरिएको छ। यो सँगै स्थानीय काङ्ग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेका थिए। नेपाली काङ्ग्रेसले जनताको जीवनस्तरमा सहयोगको उदेश्य ले करोना कहरमा समेत सहयोग र सामाग्री वितरण गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤