Siraha Times
ताजा समाचार

संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन ः मुख्यमन्त्री राउत

  • माघ २१, २०७७
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २१ । मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरि भएको संवैधानिक कु विरुद्ध लोकतान्त्रिक शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भएको छ । प्रदेश नं.२को प्रदेशसभाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा तानासाही प्रवृति हावी भएको उल्लेख गर्नु हुँदै त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृति विरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले केही राजनीतिक दलहरु चुनाव भयो भने आफनो स्थिति राम्रो हुने सोचेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएको ले मात्र तानाशाही प्रवृति हावी हुँदै गएको उहाँको कथन थियो । उहाँले चुनाव होला आफुलाई फाइदा हुने भ्रममा नपर्न आग्रह गर्दै भन्नु भयो ,‘ भ्रममा नपर्नुस कुनै पनि तानाशाहीले आफु हार्ने चुनाव गराउदैन, चुनाव गराउनको लागी प्रतिनिधिसभा विघटन गरिएको छैन । ’
उहाँले भन्नु भयो , ‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफनो विचारलाई स्थापित गर्न सक्दछन, सत्तामा पुग्न सक्दछन । व्यवस्था नै नरहे कहाँ लडनु हुन्छ । तसर्थ आउ संगै मिलेर प्रतिगमन विरुद्ध लडौ ।
अर्को विकल्प हामी संग छैन । कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफुहरु कहिलै नगरेको र अगामी दिनमा समेत गर्नु नपर्ने विश्वास व्यक्त गर्नु भयो । कानून निर्माण लगायतको विषयमा प्रतिपक्षबाट पाएको सहयोगको लागी प्रतिपक्षी दल एवं प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सभाले बनाएको एक जुटताको परम्परा अगामी दिनमा समेत कायम रहेन विश्वास दिलाउनु भयो । सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रतिपक्षीदलका नेताहरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१