ताजा समाचार

प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

  • माघ १४, २०७७
  • १५६१ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम : प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने सन्देश दिन आफूले नै खोप लगाएर अभियानको सुरुवात गरेको मन्त्री यादवले बताए ।

प्रदेश २ मा वीरगञ्ज र राजविराजमा समेत खोप अभियान सुरु भएको छ । वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गरेका छन् । तर,  मुख्यमन्त्री राउत र मन्त्री साहले खोप भने खोप लगाएनन् ।  पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायतलाई खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤