ताजा समाचार

काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक रहियो: नेता बद्री यादव

  • माघ ११, २०७७
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काङ्ग्रेस सिरहाले जिल्ला भरी संसद विघटनको विरोधमा कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै देश भरि विभिन्न पार्टीका राजनीति प्रतिनिधिहरुले आन्दोलनमा उत्रिएका छन्।

नेपाली काङ्ग्रेस ले सिरहा लगायत देश भरी बिरोध प्रदर्शन गरेका छन् । देश भरिमा काङ्ग्रेसले गर्दै आएको चरणबध आन्दोलन मध्ये सिरहाको आन्दोलन अग्रनिय र प्रभावकारी रहेको दरुन दलका युवा नेता बद्री यादवले जानकारी दिनु भयो । काँग्रेसले संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेका। काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको तरुण दल सिरहाको युवा नेता बद्री यादवले जानकारी दिनु भयो ।

यस्तो अर्जक्ता सरकारकारको विरुद्वमा तरुण दल सिरहाले चरण बध आन्दोलन गर्न पछाडी न हटने नेता यादवले जानकारी दिनु भयो । काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक र असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट कहिले पछी हटने यादव ले बताए ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤