वन राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै

  • पुस २९, २०७७
  • ४५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २९ पुस । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनकै जग्गामा पक्की घर निर्माणको शिलान्यास गरेका छन् । यसअघि १४ बर्षीया बालिकालाई लाखौं रकम दिएर वालविवाह गराइदिएको काण्ड समाप्त नहुँदै राज्यमन्त्री मण्डलले वनकै जग्गामा जनता आवास अन्तरगतको पक्की घर निर्माण गराउँन थालेपछि स्थानीय आक्रोशित छन् । सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी जनता आवासको पक्की घर विना नक्शाकै निर्माण गर्न पुस १५ गते राज्यमन्त्री मण्डलले शिलान्यास गरेका हुन । जहाँ वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ ।

वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने कानुन व्यवसायी गुमस्ता यादवले बताए । जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले यो वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरिएको हो । यसलाई रोक्न प्रदेश २ सरकारमा डेलिगेशन गए । अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैन अध्यक्ष यादवले बताए । यसवारे डिभिजन वन कार्यालय लहान सिरहाले मौनता साधेको छ भने वन अधिकृत सम्पर्कमा आउँन चाहदैनन् । वन अधिकृतिलाई पटक पटक सम्पर्क गरे उहाँ फोन उठाउँनु भएन ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१