Siraha Times
ताजा समाचार

आठौ गाउँसभाबाट सखुवानन्कारकट्टी गाउँपालिकाले गर्यो महत्वपूर्ण निर्णय

  • पुस २९, २०७७
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९, पौष । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा मंगलवार आठौं गाउँसभा सम्पन्न भएको छ । प्रदेश सभाका लागि सिरहा क्षेत्र नम्बर- १ को (ख ) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न सभामा एतिहासिक र महत्वपूर्ण निर्णय गरिएको सभामा सहभागी कार्यपालिका सदस्यहरुले बताए ।

किसानहरुका लागि कृषि मिटर नि:शुल्क वितरणका साथै २०७८ बैशाख देखि पालिकाका सम्पुर्ण कृषकहरुलाई कृषिमिटरको भुक्तानी पालिकाले नै गरिदिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका उत्कृष्ट किसान , पशुपालन , कृषि सहकारी तथा फर्मलाई पुरस्कार , सामग्रीका लागि अनुदान स्वरुप १५ लाख रुपैया बिनियोजन गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । झण्डा महोत्सवले गाउँपालिकाको स्थानीय काला, संस्कृती तथा पहिचानलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउन साकारात्मक भुमिका निर्वाह गरेकाले पुनः महोत्सवलाई निरंतरता दिने समेत निर्णय गरिएको अध्यक्ष यादवले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन , पर्यटन क्षेत्रलाई संरक्षण , प्रवर्द्धन गर्न राजदेवी मन्दिर , सिमसार क्षेत्रको सिम पार्कको योजनाहरुलाई तिब्र गतिमा आगाडी बढाउने लगायत सभाबाट आठ वटा महत्त्वपूर्ण निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव झाले बताए ।

सभाबाट आ. ब. २०७७/०७८ को चालू र पुजिगत खर्चको आय ब्य्य अनुमोदन गरेको छ । ६ करोड ११ लाख ४१ हजार ४ सय ६७ रुपैया ६३ पैसाकोको अनुमोदन गरेको हो । यसैबिच गाउँपालिकामा वडा नम्बर -५ मा पाँच बेडको कोविड - १९ अस्थायी अस्पताल तथा वर्थिङ्ग सेन्टर ( प्रसुती सेवा केन्द्र ) को समुदघाटन समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१