पार्टी फुट्नु र संसद विघटन दुवै प्रतिगमन हो वाइवा

  • पुस २६, २०७७
  • ४७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ पुस । नेकपा फुटको मुख्य कारण माधव—प्रचण्ड र केपी ओलीबीच भागबन्डा नमिलेकोले कम्युनिष्ट जनताले अहिले दुख पाएको हो ।  नेकपा प्रदेश २ का सदस्य विष्णुलाल वाइवाले पुस २५ गते नेकपा कर्जन्हा नपा अगुवा कार्यकताद्धारा आयोजित जयगोविन्द साहको ३१ औं स्मृति मनाउँदै उहाँले यो दुर्घटनाको जिम्मेवारी प्रचण्ड र ओलीले लिनुपर्छ । अहिले पनि नेकपा औपचारिक रुपमा फुटेका छैन । केन्द्रीय कमिटीमा दुवैको नाम दुवैतीर रहेको उहाँले बताउँनुभयो । 

वाइवाले यो अवस्थामा पार्टी फुट्नु दुर्भाग्य हो भन्दै पार्टी एकता गर्नुपर्छ । एउटा संसद विघटनले पार्टी फुट्नु दुर्भाग्य हो । पार्टी फुट्नु र संसद विघटन दुवै प्रतिगमन हो । यसका दोषीलाई वाइपास गरेर नयाँ नेतृत्व ल्याएर पार्टी एकतामा जोड दिनुपर्ने उहाँले बताउँनुभयो । 
एउटा खुकुरीले भिरे, अर्कोले बन्दुक नै पड्काएर पार्टी टुक्रा पारिदिए । हतियारको सहारामा प्रचण्ड र ओलीले पार्टी फोडेकाले नयाँ नेतृत्व ल्याएर एकता गर्नुपर्ने आजको आवश्यकता रहेको वाइवाले बताउँनुभयो । कम्युनिष्ट नेता चन्देश्वर राउतका सभाध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका जिल्ला सदस्य फुलगेन नायकले किसान आन्दोलनको क्रममा सहादत प्राप्त गरेका जयगोविन्द साहलगायत सहिदहरुको सपना पुरा नहुन्जेलसम्म पार्टी एकताको जरुरी रहेको बताउँनुभयो । यो संसद विघटनले नयाँ जनादेश दिएको हो । त्यसैले निर्वाचनको तयारीमा जुट्नु भन्दा पार्टी पूर्नएकतामा जोड दिनुपर्ने उहाँ नायकले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१