नेकपा शहिदनगरमा वडै पिछे एकसय सदस्यको संर्घष समिति

  • पुस २३, २०७७
  • ८६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुष २२ : नेपालमै कान्छो मेयरको नेतृत्वमा रहेको धनुषाको शहिदनगर नगरपालिकामा पनि धमाधम वडा स्तरीय संर्घष समिति गठन भइरहेको छ । नगरपालिका प्रमुख उदय यादव बरिबरियाका अनुसार नगरपालिकाको ९ वटै वडामा प्रति वडा एकसय सदस्यका दरले संर्घष समिति चयनको गृहकार्य भइरहेको छ ।                                   प्रधामन्त्री तथा नेकपाका अध्यक्ष ओलीले मनमौजी रुपमा असंबैधानिक तारिकाले संसद विघटन गरेको भन्दै ग्रासरुटबाट पनि आन्दोलनको आँधीबेरी चलाउन यस्तो तयारी गरिएको उनले बताए । राष्ट्रिय रुपमा नेकपाको परिवर्तणकारी समुह प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत शहिदनगरमा पनि सम्पुर्ण तयारी भइरहेको उनको भनाई छ । शहिदनगरको वडा नं. ८ का अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य तनुक लाल यादवको संयोकत्व र रामदयाल दासको सह संयोकत्वमा १३ सदस्सीय सचिवालय समिति बनाएर नगर संर्घष समिति निर्माणको तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१