Siraha Times
ताजा समाचार

नक्कली राष्ट्रवादको खोल ओडेका केपी ओलीलाई समयमै ठेगान लगाइन्छ : युवा नेता नबि राज खान

  • पुस २२, २०७७
  • ६४४ पटक पढिएको
  • रामएकवाल राम
alt

सर्लाही- नेकपा प्रचण्ड-माधव नेपाल समुहका युवा नेता नबि राज खान प्रधानमन्त्री केपी ओली नक्कली राष्ट्रवादको खोल ओडेको बताएका छन् ।सोमवार नेपाल कम्युनिस्ट पार्टी सर्लाही क्षेत्र नं.२ उद्योग वाणिज्य संघको हलमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रचण्ड-माधव समुहका अगुवा भेलालाई सम्बाेधन गर्दै नेता खानले प्रधानमन्त्री ओली निरंकुश बादशाह बन्न खाेजेकाे बताए ।संविधानमाथी आक्रमण गरेर प्रधान्मन्त्रीले संसद विघटन गरेकाे नेता खानको भनाइ छ । उनले भने, ‘हिजाे दरबारबाट जन्मिएका बादशाहलाइ त हामीले ठेगान लगाइसकियाे भने आज जनताबाट आएका यी नक्कली बादशाहलाइ पनि समयमै ठेगान लगाइन्छ।’

नेपाली जनताकाे रगतबाट बनाइएकाे संविधानमाथी प्रहार हुँदा आफुहरु सडकमा आएकाे उनले बताए । जनताले संघर्ष गरेर ल्याएकाे संविधानकाे रक्षाका लागि आफ्नो जान पनि दिन तैयार रहेको बताएका हुन् ।सबै क्षेत्रबाट दबाब दिनु पर्ने र संविधानमाथीकाे प्रतिगामी हमलालाइ नसच्याएसम्म आन्दाेलनबाट पछि नहट्ने उनकाे भनाइ छ

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१