नक्कली राष्ट्रवादको खोल ओडेका केपी ओलीलाई समयमै ठेगान लगाइन्छ : युवा नेता नबि राज खान

  • पुस २२, २०७७
  • ५७६ पटक पढिएको
  • रामएकवाल राम
alt

सर्लाही- नेकपा प्रचण्ड-माधव नेपाल समुहका युवा नेता नबि राज खान प्रधानमन्त्री केपी ओली नक्कली राष्ट्रवादको खोल ओडेको बताएका छन् ।सोमवार नेपाल कम्युनिस्ट पार्टी सर्लाही क्षेत्र नं.२ उद्योग वाणिज्य संघको हलमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रचण्ड-माधव समुहका अगुवा भेलालाई सम्बाेधन गर्दै नेता खानले प्रधानमन्त्री ओली निरंकुश बादशाह बन्न खाेजेकाे बताए ।संविधानमाथी आक्रमण गरेर प्रधान्मन्त्रीले संसद विघटन गरेकाे नेता खानको भनाइ छ । उनले भने, ‘हिजाे दरबारबाट जन्मिएका बादशाहलाइ त हामीले ठेगान लगाइसकियाे भने आज जनताबाट आएका यी नक्कली बादशाहलाइ पनि समयमै ठेगान लगाइन्छ।’

नेपाली जनताकाे रगतबाट बनाइएकाे संविधानमाथी प्रहार हुँदा आफुहरु सडकमा आएकाे उनले बताए । जनताले संघर्ष गरेर ल्याएकाे संविधानकाे रक्षाका लागि आफ्नो जान पनि दिन तैयार रहेको बताएका हुन् ।सबै क्षेत्रबाट दबाब दिनु पर्ने र संविधानमाथीकाे प्रतिगामी हमलालाइ नसच्याएसम्म आन्दाेलनबाट पछि नहट्ने उनकाे भनाइ छ

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१