सर्रे खोलामा भुलुङ्गे पुल निर्माणपछि स्थानीय हर्षित

  • पुस २१, २०७७
  • ४१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २१ पुस । हजारौ मानिस आवतजावतमा समस्या खेप्दै आएको धनगढी १४ सर्रे अम्बासमा झुलुङ्गे पुल निर्माणभएपछि स्थानीय हर्षित भएका छन् । पुर्व पश्चिम लोकमार्ग देखि १५ किलोमिटर उत्तरमा पर्ने धनगढीमाई १४ सर्रे अम्बासमा विकासको पुर्वाधारसँगै सर्रे खोलामा पुल निर्माण गरिएको छ । त्यसक्षेत्रमा चारैतीर पहाडै पहाड लगायत नदी नालाले भरिएको उक्त ठाउँ बिगतको तुलमा हाल केहि सुगम भएको छ । बिकट क्षेत्र भनेर चिनिने सो ठाउँमा जनप्रतिनिधि निर्वाचित भएपछि खानेपानी , बिजुली , बाटोघाटो लगायतको पुर्वाधारहरुलाई प्रथमिकतामा राखिएको छ ।

सोहि कुरालाई मध्यनजर गरी सर्रे खोलामा नगरपाकिलाद्धारा झुलुङ्गे पुल निर्माण गरिएको छ । खोला पारी १४ नम्बरको वडा कार्यालय र मदन भण्डारी स्मृति माध्यमिक बिद्यालय रहेको कारण पुल निर्माण गरिएको धनगढीमाई नगरपाकिलाले जानकारी दिए । 

बर्षातको समयमा वडा कार्यालय जाने सेवाग्राही लगायत स्कूल पुग्ने बिद्यार्थीहरुलाई आबतजावत गर्न समस्या थियो । पुल नहुँदा बिद्यार्थी लगायत सेवाग्राहीलाई घुमाउरो बाटो प्रयोग गरी १० मिनेट लाग्ने ठाउँमा १ घण्टा खोला तरेर स्कूललगायत वडा कार्यालय आउने समस्या थियो । सर्रे खोलामा पुल निर्माण भएपछि आवतजावत गर्न सहज भएको स्थानीयहरु बताउँछन । ११ करोड ६ लाख ७५ हजार ३ सय ,९५ रुपौयाँको कुल लागतमा पुल निर्माण भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका नगर प्रमुख हरी नारायण चौधरीका अनुसार सर्रे अम्बार , हात्तिढुङ्गा , राईराईनी , अमलेलगायत आधादर्जन भन्दा बढी टोलका मानिसलाई पुल निर्माण भएपछि सहज भएको छ । उदयपुर जिल्लाको सिमानासंग जेडिएको सो वडा पर्यटकीय हिसाबले आकर्षकको केन्द्रबिन्दु रहेको छ । नयाँ बर्ष जनबरी लगायत नेपालीको चाडवाडको बेला सिरहा , सप्तरी , भारत लगायतका पर्यटकहरु उक्त ठाउँको अवलोकन गर्नुका साथै पिकनिक मनाउन जाने गरेको छ । स्थानीय वडा नम्बर १४ निवासी तराकुमार मगरले पुल बनेपछि भौगोलिक रुपमा बिकट त्यहाँका बस्तिका बासिन्दालाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने समस्या मात्र हटेको छैन । पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुगेको उनी बताउँछन् । यो समाचार नबसंग्रामबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

अर्नमा गाउँपालिकाले ...

ओम प्रकाश यादव, लहान जेठ ३ । अर्नमा गाउँपालिका, सिरहाले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो ११औँ गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१