एनआरएनए कतारद्वारा २३ औ चरणको खादयान्न राहत वितरण सप्पन्न फोटो सहित

  • पुस १२, २०७७
  • ७१९ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा कतार, गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारद्वारा २३ औ चरणको राहत बितरण कार्यक्रम शनिबार सम्पन्न गरेका छन्।

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णय अनुसार क़तार च्यारेटि मार्फ़त प्राप्त खाद्यान्न सामाग्री, क़तारमा स्थापित विभिन्न नेपाली संघ -संस्थाहरूबाट प्राप्त उद्दार तथा राहत समितिमा आएका समस्याको विवरण अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले १० अक्टोबर२०२० देखि २६ डिसेम्बर २०२० का दिनसम्म २३ औं चरणमा विभिन्न संघ सस्थाहरुबाट प्राप्त विवरण र उद्धार तथा राहत समितिमा आएका खाद्यान्नको समस्याको विवरण अनुसार ४८९ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाडिएको छ।

No description available.

यो सँगै हाल सम्म कुल ८,४२३ जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न बाडिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

No description available.

यस विषम परिस्थितिमा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि सम्मान ब्यहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई देखा परेका समस्याहरुको समाधानका निम्ति एनआरएनए कतारले नेपाली श्रमिक हरूलाई खाद्यान्नसहित राहत प्याकेज बितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मुक्तदाले जानकारी गराए।

No description available.

यस राहत बितरणका लागि दुतावास परिवार, आईसीसी प्रतिनिधिहरू, एनसीसी प्रतिनिधिहरू, उद्दार तथा राहत वितरण समितिहरु तथा सदस्यहरू, पत्रकारहरू तथा सम्पूर्ण स्वंयमसेवक सदस्यहरू सहभागी रहेका थिए। यस कार्यमा सहभागी सम्पूर्णलाई अध्यक्षले मोक्तदाले धन्यवाद व्यक्त गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१