सुरुङ्गा र खडक नगरपालिकाका बजेट विश्लेषण सम्बन्धि बैठक सम्पन्न

  • पुस ८, २०७७
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी ८,पौस । सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा नगरको बार्षिक बजेट आ.ब.२०७५/ ०७६ र ०७७ तर्फको बालवालिकाहरुका लागि कार्यक्रम तथा बजेट विश्लेषण सम्बन्धि बैठक पौष ५ गते आईतवारका दिन सम्पन्न भएको छ । बैठकबाट कार्यक्रम तथा बजेट लेखाजोखाका लागि सात सदस्य समिति समेत गठन भएको छ । सामाजिक विकास समिति संयोजक उक्त समितिको संयोजक रही विभिन्न विषयगत शाखाका प्रमुखहरु सदस्य रहेका छन । सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल सप्तरी द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत नगरपालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा बजेट विश्लेषण वैठक सम्पन भएको सबल नेपाल सप्तरीको फिल्ड अधिकृत खडक नारायण चौधरीले जानकारी गराउनु भएको छ । खडक नगरपालिकाको बैठकहल कल्याणपुर र सुरुङ्गा नगरपालिकाको वैठकहल मधुपट्टीमा भएको थियो ।

नगरप्रमुख, उप नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा, स्वास्थ्य, लेखा लगायत विभिन्न विषयगत शाखाको प्रमुखहरुको उपस्थितीमा भएको बजेट विश्लेषण बैठकमा सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले सहजीकरण गर्नुभएको कार्यक्रम सुपरभाईजर अशोक कुमार साहले जानकारी गराउनु भएको छ । लेखाजोखा समिति सुरुङ्गाका संयोजक समेत रहनुभएका वडाअध्यक्ष देवेन्द्र प्रसाद चौधरीका अनुसार समितिले नगरपालिकाको सवै क्षेत्रको बजेट तथा कार्यक्रम विश्लेषण गरी प्रतिवेदन तयार गरिने छ र यस वाट वालवालिकाहरुको हकमा छुट्याएको बजेट र प्रत्यक्ष लाभान्वित भईरहेको लेखाजोखा गर्न मदत पुग्ने बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१