Siraha Times
ताजा समाचार

नेपालमा जात ब्यवस्था अन्त्य हुनुपर्ने :- आहुती

  • मंसिर २४, २०७७
  • १०४९ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा कतार २४ मंसिर । नेपालमा जात ब्यवस्था अन्त्य नभएसम्म नेपालको विकास सम्भव नहुने राजनितिक विश्लेषक, पुर्ब सांसद एवमं दलित अध्येता विश्वभक्त दुलाल आहुतीले बताएका छन ।चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले आयोजना गरेको नेपालमा जात प्रथा कसरी अन्त्य हुन्छ भन्ने शिर्षकमा भएको भर्चुवाल अन्तरक्रिया कार्यक्रममा आहुतीले अब नेपालमा नया क्रान्तिको आवश्यकता रहेको भन्दै पहिला जात ब्यवस्था अन्त्य गरेर सारा नेपालीहरुलाई एक ढिक्का गर्नुपर्ने बताएका हुन ।

नेपालमा दलित समुदायहरुको जनसंख्या बढि रहेपनि राजनितिक , समाजिक , आर्थिक रुपमा राज्यले अत्यन्त विभेद गरकोले सारा दलित समाज एक भएमा मात्रै मुक्ति हुने आहुतीले बताएका थिए । नेपालमा सबै भन्दा बढि हेप्पिएका , बिभेदमा पारिएका चमार , डोम , मुसहर पासवान समुदायहरुलाई राज्यले अधिकार दिन सक्ने र विभेदको अन्त्य समेत गर्न सक्ने आहुतीको भनाई थियो । त्यसमा पनि संख्यात्मक हिसाबले सबै भन्दा पहिला डोम समुदायलाई सर्बसम्पन्न बनाउन सकिने भएकोले विभेदबाट मुक्ति दिलाउन सारा उत्पीडित समुदायहरु एक हुनुपर्ने आहुतीको तर्क रहेको थियो ।

समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारको अध्यक्षतामा भएको कार्यक्रममा अध्येता आहुतीले भारत लगाएत दक्षिण एसियामा दलित समुदायहरुलाई कसरी उत्थान गर्न सकिन्छ ? लगाएतका विषयहरुमा चर्चा गर्नु भएको थियो ।नेपालमा राम समुदायहरु जन्मजात डाक्टर रहेपनि राज्य र यहाको समाजले राम समुदायलाई जातिय विभेद गरिनु अत्यन्त दुखद कुरा भएको राम समुदायका डाक्टर रामजी रामले बताएका थिए । डाक्टर रामले जब प्रकृतिले विभेद गरेको छैन भने यहा नेपालमा राम , डोम , मुसहर समुदायले मानवले किन विभेद गरेको भन्दै प्रति प्रश्न गरेका थिए ।

राम एव दलित समुदायहरुमा प्रकृतिक रुपमै उच्च शिक्षा रहेको र नेपाली दलितहरुको आफनै ईतिहास रहेकोले त्यसको खोजी निति आफु गर्र्न लागेको जानकारी दिएका थिए । चमार कल्याण समाज नेपालद्धारा आयोजित कार्यक्रममा चमार कल्याण समाज मलेसिया शाखाका संयोजक नन्दलाल चमार , सुरेश चमार , चमार कल्याण समाज कतारका संयोजक रामएकबाल राम साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा , चमार समाजका अगुवा एवमं गुजरा नगरपालिका रौतहटको कार्यसमिति सदस्य पुनित राम , समाजको केन्द्रिय सदस्य एवमं पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज राम , अधिकारकर्मी मदन राम , ईन्जिनियर विपिन लगाएतको उपस्थिति रहेको थियो ।

चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले समाजलाई अगाडी बढाउनका लागि अगामी दिनमा फेरि समसमायिक विषय बस्तु बारे छलफल कार्यक्रम आयोजना गर्न लागेको चमार कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ओम प्रकास चमारले जानकारी दिनुभएको छ । उपाध्यक्ष चमारका अनुसार अगामी केही दिन भित्रै डोम समुदायका पहिलो डाक्टरी पढदै गरेका दिनेश डोम , राम समुदायका डाक्टरहरु रामसुफल राम लगाएत , ईन्जिनियर , वकील , अधिकारकर्मी , राजनितिकर्मीहरुसगं छलफल हुने बताए । नेपालमा रहेका दलित समुदायहरु एकिकृत हुनका लागि चमार कल्याण समाज नेपालसगं सम्पर्कमा आउनका लागि सबैलाई अनुरोध गरिएको समाजका अन्तरराष्टिय संयोजक अमिरी मोची चमारको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१