छठ्पछि प्रदेश २ मा प्रहरी भर्नाको तयारी, राणाकालीन सोचका सिडियो सचिव

  • कार्तिक २९, २०७७
  • ६६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २९ कातिक । प्रदेशले प्रहरी भर्ना प्रक्रिया छठ् पछि गर्न तयारीमा जुटेको छ । यसले संघीय सरकार डराएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउँनुभयो । कातिक २७ गते जनता समाजवादी पार्टी नेपाल लहान नगर समितिले शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री यादवले अब कानुन बमोजिम प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । यसको लागि कुनै अवरोध अब रहेन । तर, प्रहरी समायोजन गर्न दिएको छैन । समायोजको सवालमा संघीय सरकार डराएको उहाँले बताउँनुभयो । प्रहरीकै सवालमा प्रधानमन्त्रीमाथी तीन मुद्दा दर्ता गराएका छौ । तुरुन्त प्रहरी समायोजन गर । ५ हजार ७ सय प्रहरीको विज्ञापन रोक, प्रदेश आफै प्रहरी भर्ना सक्षम रहेको छ । झुठा मुद्दाको सवालमा दवावमुलक कार्यक्रमसहित अघि बढ्ने मन्त्री यादवले बताउँनुभयो । आजपनि विभिन्न विभेद रहेको छ भन्दै मन्त्री यादवले अहिलेसम्म राजनीतिक परिवर्तन भएको छ । आमुल परिवर्तनको खाचो छ ।

राणाकालिन सोच भएका वर्गमा आज पनि आमुल परिवर्तन शक्ति उनीहरुकै कब्जामा रहेको उहाँले बताउँनुभयो । राणाकालिन सोच भएका वर्गका सिडियो,सचिव, उपसचिव, हाकिम पुरानै ढर्रामा रहेको छ । यसलाई तोड्न प्रदेश सरकार सक्रिय रहेको छ । यसैले जनता संघीयताको सही अनुभुती नपाएकोले यसलाई तोड्न प्रदेशबाटै कार्यवन्यन गर्न जोड दिएको मन्त्री यादवले बताउँनुभयो । वैकल्पिक शक्तिको रुपमा जसपा आएको हो । यो पार्टीले नै पहाड, हिमाल र मधेशको अधिकार दिलाउँने तथा देशमा समृद्धि ल्याउँने भन्दै मन्त्री यादवले जसपाले निकट भविष्यमा संघीय सरकार बनाउँदै आमुल परिवर्तनको कार्यन्वयन गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१