प्रदेश नम्बर दुई का राज्य मन्त्री मण्डल द्वारा ११ घर डाेमकाे घर शिलान्यास

  • कार्तिक २८, २०७७
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा कार्तिक २८ गते । प्रदेश नं.२ सरकार अन्तरगत रहेको जनता आवास कार्यक्रम अन्तर्गत सिरहाका बिष्णुपुर गाउँपालिकामा नमूना बस्ती निर्माण हुने भएको छ । सिरहाका निर्वाचन क्षेत्र नं.४(ख) मा पर्ने बिष्णुपुर - ४ थल्हामा उक्त बस्ती निर्माण हुने भएको छ । प्रदेश सरकारको निर्णय अनुसार डोम समुदायको ११ घर निर्माण हेतु उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलद्वारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मण्डलले प्रदेश सरकार विपन्न र दलित प्रति सधैं सम्वेदनशिल रहेको जिकिर गरे । उनले समाजवाद स्थापनाको लागी जातीय क्षितिज हटाउनुपर्ने आवस्यकता रहेको र त्यसको लागि प्रदेश सरकार लागि परेको बताए । शिलान्यास कार्यक्रममा बिष्णुपुर गा.पा अध्यक्ष जागेश्वर यादव, वडा नं.४ को अध्यक्ष राजकुमार यादव, वडा नं.१को अध्यक्ष गोपिन्द्र यादव, वडा नं. २ को अध्यक्ष राम इश्वर यादव, वडा नं. ३ को अध्यक्ष जयकुमार यादव, प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महतो, जसपा नेपालको नेता हजारी साह, स्वामी बाबा, कल्याणपुर नगर सचिव श्रवण साह, कुसे ठाकुर, प्रदिप महतो, कुलेश्वर मुखिया, धर्मदेव यादव, वडा कमिटी अध्यक्ष खरदार यादव, वकिल मुसलमानलगायतको उपस्थिति रहेको थियो । अन्तमा राज्यमन्त्री मण्डलले कामको गुणस्तरीयता सहित समयमै सक्न उपभोक्ता समुहलाई निर्देशनात्मक अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१