Siraha Times
ताजा समाचार

सिरहाको सखुवानन्कारकट्टीमा खेलकुद प्रतियोगिता सुरु

कुलतमा लागेका युवाहरुलाई खेलको माध्यम बाट सुधारन लागेको छु : काङ्ग्रेस नेता यादव

  • कार्तिक २६, २०७७
  • १३८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६, कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहा मा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा–३ पोर्ताहाको संयुक्त आयोजना र आर्थिक सहयोग काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको खेल गराउन विशेष पहल रहेको थियो। नेता यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यम बाट सुधारन लागेको छु ।काङ्ग्रेस नेता यादवले बताए । नेपाली काङ्गेसका जिल्ला सभापती एवम पुर्व सांमसद रामचन्द्र यादवले रिवन काटेर खेलको उदघाटन गरेको थियो ।

कार्यक्रममा बोल्दै सभापती यादवले म पनि कुनै समयमा खेलाडी थिए भन्दै सभापती यादवले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा हो बताए । खेल खेलेरै म राजनीतिकमा आएको छु बताउनु भयो । अतिथिहरुमा नेपाल विद्यार्थी संघका सह महा मंन्त्री प्रमेश्वर साह , स्थानीय सयौं नेता कार्यकर्ता को उपस्थिति रहेको थियो । हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिनुभयो । प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो । हिजोको सुरु दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस गोपाल कृष्ण यादव ले बताए।फाईनल मंसिर २ गते हुने बताए। प्रथम पुरस्कारमा नगद रु २१ हजार नगद र द्धितिय पुरस्कार १२ हजार नगद, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरिने आयोजकले जानकारी दिनु भयो।सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने उनले बताए । साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान - प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१