Siraha Times
ताजा समाचार

नेपालमा ३ तहको सरकारको बीच तालमेल छैन: बन राज्य मन्त्री सुरेश मंण्डल

नेशनल ईन्जिनियर्स एशोसिएन नेपाल द्वारा सिरहाको लहानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • कार्तिक १०, २०७७
  • १२४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० कार्तिक - नेशनल ईन्जिनियर्स एशोसिएन नेपाल द्वारा सिरहाको लहानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं २ सरकारले ईन्जिनियरहरुको भविष्यलाई मध्यनजर गर्दै प्रादेशिक लोक सेवा आयोगको मार्फत स्थाई रुपमा चाँडै भर्ना गरि पेशागत सुरक्षाको सुनिश्चिताको अनुभूती प्रदान गर्न माग गरेका छन् । कार्यक्रम एसोसिएनका सिरहा अध्यक्ष तपेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ को उधोग वन तथा वातावरण राज्य मंन्त्री सुरेश कुमार मण्डल ने भने स्थानीय तह प्रदेश सरकार मातहत राख्नु पर्छ,। देशमा ३ तहको सरकारको बीच तालमेल छैन,अधिकार सुचिमा संविधान मा बाझाबाझ छ। तसर्थ अब सबभन्दा पहिले संघीय पार्लियामेन्ट को निर्वाचन हुनु जरुरी देखिएको छ । लगत्तै प्रदेश र स्थानीय तहका संघले प्रदेश लाई अनुदान दिने र प्रदेश ले स्थानीय तहका लागि स्थानीय तहका सम्पूर्ण निगरानी प्रदेश ले नै गर्नु पर्छ मन्त्री बताए । उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल बौद्धिक पेशाकर्मी महासंघको केन्द्रीय उपाध्यक्ष ई. जितेन्द्र कुमार यादव ज्यु र प्रमुख अतिथि प्रदेश नं २ को उधोग वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल रहनु भएको थियो । अतिथि हरुमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सरोज कुमार यादव लगायत सयौं ईन्जिनियरहरुको सहभागिता रहेको थियो । आफु स्वयम् इन्जिनियर रहेको जितेन्द्र कुमार यादव ज्यु ले खासगरि देशका सम्पूर्ण उत्तपीडित ईन्जिनियरहरु एक भई सदियौं देखि आजका दिनसम्म रजाईँ गर्दै आइरहेका NEA का नेतृत्वहरुलाई परास्त गरि देशलाई समृद्ध बनाउदै संघियतालाई संस्थागत गर्न सबै जिम्मेबार बन्न आवश्यक छ |

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१