Siraha Times
ताजा समाचार

विपदबाट जोगिन लक्ष्मीपुर पत्तारी गाउँपालिकामा अभिमुखिकरण

  • असोज २७, २०७७
  • १२१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २७ , असोज । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा सोमबार एक दिने विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । अब केहि महिना पछि जाडोयाम सुरुहुने भएकोले तराईमा शितलहर जस्ता जोखिम आउन सक्ने सम्भावना भएको हुँदा त्यसबाट जोगिन गाउँपालिकाले तालिमको आयोजना गरेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभएको छ । कोरोना महामारी, बाढी, आगलागी जस्ता अन्य अपत्तकालिन जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा औपचारिक कार्यक्रमको आयोजना गरी एक दिने प्रशिक्षण राखिएको अध्यक्ष साहले बताए । स्थानीय स्रोत साधनको प्रयोग गरि जोखिम न्यूनीकरण गर्ने विधिहरुको बारेमा शस्त्र प्रहरी बल सिरहाका डिएसपी बिनोद थापा र कोशिका परामर्श सेवा प्राली काठमाडौँका प्रतिनिधि श्याम प्रसाद ढकालले सहजीकरण गरेका थिए । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण कर्मचारी , जनप्रतिनिधि लगायतको सहभागिता रहेको लेखापाल नरेश कामैतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१