गोलबजारमा न्यायमा पहुँचका लागि पत्रकारहरुको अभिमुखिकरण

  • असोज १६, २०७७
  • १७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६, असोज । सिरहाको गोलबजारमा आज बाट दुई दिने मिडियाकर्मीको लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । न्यायमा पहुँच अभिबृद्दि गर्न कानुनी जागरुकता मुलक गतिविधि कार्यक्रम अन्तर्गत सिरहा जिल्लाका पत्रकारहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । दलित समाज उत्थान समिती महोत्तरी , सिपिसिएल धनुषा र एमएसवाईएन रैतहटको संयुक्त आयोजनामा गोलबजारको उधोग ब्यापार संघको परिसरमा कार्यक्रम भैरहेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको बिशिस्ट आतिथ्यमा तालिमको उदघाटन भएको आयोजक संस्था मध्येका एक जना अध्यक्ष पुनित कुमार चौधरीले जानकारी दिनुभयो । न्यायमा पहुँच नपुगेका लक्षितवर्ग समुदायको आवाजलाई पत्रकारको कलमले न्यायमा पहुँचका लागि लेखन कार्यमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । नेपालको संविधान २०७२ मा उल्लेख भएको मौलिक हकको व्यवस्था बरेमा आज विशेष छलफल भैरहेको परियोजना कार्यक्रम संयोजक दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अधिवक्ता कुमार प्रसाद थपलिया गरिरहेको छ । युएनडिपि ए2जे को आर्थिक सहयोगमा भैरहेको अभिमुखिकरणमा सिरहाका करिब २० जना पत्रकारको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो नेपाल पार्टी ...

ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दि ...

सप्तरी –३ मा राप्रपा ...

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर् ...

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१