Siraha Times
ताजा समाचार

मधेशको स्वाधीनता हाम्रो उत्तरदायित्व हो : नेता देवकान्त सिंह

  • असोज ५, २०७७
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज बनैता, सिरहा, ५ असोज । मधेश र मधेशीको पहिचानको लागि लामो समय देखि संघर्षरत नेता देवकान्त सिंह स्वाधीन मधेश जनअभियानमा लागेका छन । सिरहामा यस संगठनले विभिन्न कार्यक्रमको साथ आफ्नो अस्तित्व र पहिचान खडा गरेको छ । यधपी संगठन नयाँ छन् तर यसको नेतृत्व गर्नेहरु मधेश र मधेशीहरुको हकहितका लागि लामो समय देखि लडदै आएका छन । स्वाधीन मधेश जनअभियानका केन्द्रिय नेता देवकान्त सिंहले भने "मधेशमा कैयौंपटक लासको राजनीति भयो तर यहाँका जनताले केहि पाएनन। नेताहरूले चर्को चर्को भाषण गरे तर दुर्भाग्यवश कुर्सी पाएपछि सबै बिर्से ।" नेता सिंहले आफ्नो संगठन क्रान्ति, शान्ति र समृद्धको नारा बोकेर जनजनमा जाने बताए । नेता सिंह कै नेतृत्वमा असोज ३ गते लाहानको शहिद चौकमा विरोध सभा सम्पन्न गर्यो जसमा प्रमुख अतिथि को रुपमा संगठका प्रमुख नेता कैलास महतोको पनि सहभागिता रहेको थियो । असोज ३ कालो दिन नाराका साथ संगठनका सैकडौं युवाहरुले नेपालको संविधान-२०७२ को बिरोधमा प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा स्वाधीन मधेश जनअभियानका केन्द्रीय नेता कैलास महतो, श्री देवकान्त सिंह, विपीन अधिकारी, वैद्यनाथ सिंह, अशेश्वर कामती, शत्रुधन महतो, भोलाजित नेपाल लगायत दर्जनों युवा नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१