मधेशको स्वाधीनता हाम्रो उत्तरदायित्व हो : नेता देवकान्त सिंह

  • असोज ५, २०७७
  • ६०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज बनैता, सिरहा, ५ असोज । मधेश र मधेशीको पहिचानको लागि लामो समय देखि संघर्षरत नेता देवकान्त सिंह स्वाधीन मधेश जनअभियानमा लागेका छन । सिरहामा यस संगठनले विभिन्न कार्यक्रमको साथ आफ्नो अस्तित्व र पहिचान खडा गरेको छ । यधपी संगठन नयाँ छन् तर यसको नेतृत्व गर्नेहरु मधेश र मधेशीहरुको हकहितका लागि लामो समय देखि लडदै आएका छन । स्वाधीन मधेश जनअभियानका केन्द्रिय नेता देवकान्त सिंहले भने "मधेशमा कैयौंपटक लासको राजनीति भयो तर यहाँका जनताले केहि पाएनन। नेताहरूले चर्को चर्को भाषण गरे तर दुर्भाग्यवश कुर्सी पाएपछि सबै बिर्से ।" नेता सिंहले आफ्नो संगठन क्रान्ति, शान्ति र समृद्धको नारा बोकेर जनजनमा जाने बताए । नेता सिंह कै नेतृत्वमा असोज ३ गते लाहानको शहिद चौकमा विरोध सभा सम्पन्न गर्यो जसमा प्रमुख अतिथि को रुपमा संगठका प्रमुख नेता कैलास महतोको पनि सहभागिता रहेको थियो । असोज ३ कालो दिन नाराका साथ संगठनका सैकडौं युवाहरुले नेपालको संविधान-२०७२ को बिरोधमा प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा स्वाधीन मधेश जनअभियानका केन्द्रीय नेता कैलास महतो, श्री देवकान्त सिंह, विपीन अधिकारी, वैद्यनाथ सिंह, अशेश्वर कामती, शत्रुधन महतो, भोलाजित नेपाल लगायत दर्जनों युवा नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१