सिरहाको कल्याणपुरमा कालो दिवस भव्यरुपमा सम्पन्न

  • असोज ४, २०७७
  • १७५२ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा । सिरहा, संविधान दिवस २०७७ को सिरहा जिल्लाको विभिन्न स्थानमा कालो झन्डा सहित नारावाजि गरेर विरोध गरिएको छ । संविधान जारी भएको पाँचौं वर्षमा पनि दलहरुले ठाउँठाउँमा विरोध गरेका छन् । सिरहाको कल्याणपुरमा असोज ३ गते कालोदिवसको रुपमाजनता समाजवादी पार्टीका नेता कार्यकर्ताले संविधान दिवसको विरोध गरेका छन् । संविधान संशोधन गर्न दबाब दिन ‘कालो दिन’को रुपमा मनाईएको जनता समाजवादी पार्टीका रामबाबु यादवले बताए ।

कालो दिवसको को कल्याणपुर बजारमा कोणसभालाई सिरहा क्षेत्र नःं ४ ख का प्रदेश नम्बर दुईका सांसद समेत रहेका तथा प्रदेश नम्बर २ का उधोग, पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डले यो संविधान मधेसी दलित जनजाति मुस्लिम, महिला र थारुको अधिकार खोसेको धारणा राख्दै मन्त्री मण्डलले अगाडी भन्नुभयो यो बिभेदकारी संविधानलाई यथास्थितिमा स्वीकार गर्न सकिदैन। यसमा व्यापक संसोधनको आवश्यकता छ। राज्य पुनर्संरचनामा हाम्रो मुख्य असन्तुष्टि हो भन्दै राज्य मन्त्रि मण्डले अगाडि भन्नुभयो राज्य पुनर्संरचना आयोगले सरकारलाई दिएको प्रतिबेदन अनुसार ११ प्रदेशको अवधारणा अनुसार प्रदेश डिमार्केसन हामी चाहन्छौ भन्ने धारणा समेत राखेका छन।

कल्याणपुरमा कालोदिवसको विरोध कोणसभामा जनता समाजवादी पार्टीका नेताहरु प्रदीप साह, रामएकवाल यादव, सुरेशकुमार साह , मुसाफिर यादव र कुशेश्वर साहलगायतले आ आफनो धारणा राखेका थिए । विरोध कार्यक्रमा कल्याणपुर नगरपालिकाका हजारौको संख्यामा विरोध रयालिमा सहभागि रहेको थियो । नेता कार्यकर्ताहरुले ब्यानर, प्लेकार्ड र निधार–पाखुरामा कालोपट्टी सहितका संविधान दिवसको विरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१