ताजा समाचार

लक्ष्मीपुरपत्तारी गाउँपालिकाको बजेट सार्वजनिक

  • असोज ३, २०७७
  • १३२८ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ३ , असोज । चालू आर्थिक बर्ष भित्र गाउँपालिकामा ठोस योजनको कामहरु तिब्र गतीमा आगाडी बढने सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले बताएका छन । शुक्रबार आर्थिक बर्ष २०७७/०७८ मा संचालन हुने बजेटको सार्बजनिकिकरण कार्यक्रममा बोल्दै अध्यक्ष साहले वडा नम्बर १ देखि ६ सम्मको सम्पुर्ण वडाहरुमा विकास निर्माणका ठोस योजनाहरुको काम संचालन हुने बताउनुभयो । ‘मैले बारम्बार गाउँपालिकामा योजना छनौट गर्दा ठोस योजनाहरु ल्याउन भनेको थिए, ‘तर बिभिन्न बिबादका कारण चाहे अनुरुप योजनाहरु आउननसकेको चाहे अनुसारको कामहरु हुननसेको उनले सुनाए ।’ बिबाद हुन नदिन गत बर्षहरु झै यो बर्ष पनि प्रत्येक वडाहरुमा समान हिसाबले बजेट बिनियोजन गरेको बताए । शिक्षा , स्वास्थ्य , कृषि , भौतिक पुर्वाधारका कामहरु यो आर्थिक बर्षको बजेटमा प्राथमिकतामा राखेको अध्यक्ष साहले बताएका छन् । वाडाहरुबाट आएका योजनाहरु गाउँसभामा पारित भैसकेकोले अब काम तिब्ररुपमा आगाडी बढने बिश्वास ब्यक्त गरेका छन ।

सार्बजनिकिकरण कार्यक्रममा आन्तरिक राजश्व ५० लाख , राजस्व बाँडफाँट बाट प्राप्त रकम ६ करोड पचासी लाख , प्रदेश सरकारबाट प्रप्त (क्रमश) सशर्त अनुदान ८० लाख , बि.स. अनुदान ७१ लख ५४ हजार , बिशेष अनुदान ३० लाख , समपुरक अनुदान २० लाख को बजेट प्रस्तुत गरिएको छ । त्यसैगरी नेपाल सरकारबाट प्राप्त (क्रमश) सःसर्त अनुदान १६ करोड ३१ लाख , बितिय समानिकरण अनुदान १० करोड २७ लाख , सबारी साधन कर बाँडफाँड वापतको रकम ३७ लाख ६१ हजार , आ.ब. ०७६।०७७ को बजेट १३ करोड साठी लाख गरि ४९ करोड ९२ लाख १५ हजारको बजेट शुक्रबार गाउँपालिकाले सार्बजनिक गरेको हो । नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा आयोजित सार्बजनिकिकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामा , लेखापाल नरेश कामत लगायत कार्यपालिका सदस्यहरु , वडा अध्यक्ष , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤