Siraha Times
ताजा समाचार

जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भन्दै सिरहामा निःशुल्क मास्क बैंक स्थापना

समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न मास्क बैंक स्थापना

  • असोज १, २०७७
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असोज - समुदाय स्तरमा कोरोना भाइरस कोभीड -१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ। कोभीड १९को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भए पनि अधिकांसले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरेको हो। "कोही नछुटौ कोही नचुकौं , नहुनेले लिनुस हुनेले दिनुस'' भन्ने मुलनारा सहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिए। कोभीड १९ को संक्रमणबाट जोगिन मास्क अनिवार्य भए पनि लकडाउन खुकुलो भए सँगै बजार र घर बाहिर निस्कने अधिकांस व्यक्तिले मास्क प्रयोग गरेको नगरेको र जस कारण व्यक्ति स्वयंम आफै संक्रमणको जोखिममा रहने गरेको र अरुलाई पनि जोखिम पॉर्न सक्ने संभावना बढ़ी रहेकोले प्रत्येक व्यक्तिले मास्क अनिवार्य प्रयोग गरियोस भन्ने उद्देश्यले मास्क बैंकको स्थापना गरिएको अभियन्ता मण्डलले बतानु भयो ।

 

नेपाल सरकारले प्रत्येक व्यक्तिलाई मास्क प्रयोग गराउन प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यलय मार्फत मास्क नलगाएका व्यक्तिलाई प्रहरी द्वारा एक सय रुपैयाँ जरिवाना गरिने व्यवस्था रहे पनि उक्त जरिवाना हाल महामारीको बेला उपयुक्त र प्रभारकरिता नरहेको र संकट माथि जरिवाना जस्ता संकट थपिएको युवा अभियन्ता सिरहा युथ नेपालकी सचिव दिव्या कुमारी यादवले बताईन । उनले भन्नु भयो "हाल यस्ता संकटका बेला अधिकांसको रोजगारी खोसीएको छ , यसको मुख्य चपेटामा पर्ने मजदूर विपन्न तथा महिलाहरु पर्ने गरेको'' बताईन । सय रुपैयाँ जरिवानले मदजदूर विपन्न र महिलाहरुले तीर्न नसकिने र उक्त सय रुपैयाँले दुई छाक भोक टार्न मद्दत पुग्ने भएकोले निशुल्क रुपमा मास्क वितरण गर्न थालेको अभियन्ता यादवले बताईन। यता सीमावर्ती तथा ग्रामीण भेगका अधिकांस महिला तथा विपन्न समुदायमाका व्यक्तिहरुमा जनचेतनाको अभावले मास्क प्रयोग नगरेको र यसको महत्व बारे जानकार नरहेकोले संक्रमणको जोखिम उच्च देखिन्छ ती जोखिन र दण्डित हुनबाट जोगिन उक्त मास्क बैंकको स्थापना गरेको लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति सिरहाका कोषाध्यक्ष संतोष अग्रवालले बताउनु भयो । युकेएडको अर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको सहकार्यमा समग्र जनउत्थन केन्द्र द्वारा संचालित सहज परियोजना अन्तरगत कोरोना भाइरस महामारी तथा लैंगिक हिंसा विरुद्ध सचेतना अभियानका लागि युवा अभियान मार्फत सिरहा युथ नेपालको आयोजनामा मस्क बैंक संचालन गरिएको सहज परियोजना व्यवस्थापक कृष्ण साहले जानकरी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१