Siraha Times
ताजा समाचार

लहानका मेयर मुनि साहले समप्रयादयायिक दंगा गराउन लागेको छ : हिन्दु मर्मालम्बिको भनाई

लहानमा कन्या बिधालयको निर्माण गर्न लागदा हिन्दु धर्मावलम्बी संघ धोर आपत्ति

  • असोज १, २०७७
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असोज - सिरहाको लहान नगर पालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाउँमा दर्ता रहेको कि. नं. १५२३ ,१५२५,१५२६ नम्बरको चार काठा ०५ धुर ०-०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या बिधालयको निर्माण गर्न लागदा कुनै धर्म विशेषको लागी अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लागदा हिन्दु धर्मावलम्बी संघ ले घोर आपति जनाएको छ । उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाउँमा करिब पचासौं बर्ष अगाडि देखि दर्ता भएको जग्गा हो । हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ ,संस्था आन्दोलन संघर्स समिति गठन गरेको छ्। संघर्श समितिको सलाहकारहरुमा लक्षमण दास महन्थ , राम कुमार शास्त्री,हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी ,राजेन्द्रप्रसाद यादव ,योगेन्द्र प्रसाद यादव ,संजिप कुमार ठाकुर ,शिबदेब शाह , मनोज पासमान,शिबु यादव ,राम स्वरुप महतो ,रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तीहरु छन् । उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ,संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिका लाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन। नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाउँमा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएका हुन् ।२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निशेधित क्षेत्र घोषणा संगै उक्त क्षेत्रमा हिन्दु , मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियोे।लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन।मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधि रहेको सम्पुर्ण हिन्दु धर्मावलम्बी संघ संस्था आन्दोलन संघर्श समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्श समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिनु भयो। उक्त जग्गा फिर्ता न भए हामी सम्पुर्ण हिन्दु संगठन चर्नबध आन्दोलनमा उत्रिने प्रेस बिज्ञप्तीमा उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१