Siraha Times
ताजा समाचार

सिरहाको बरियारपट्टीमा नयाँ अधिकृत अधिकारीको उपस्थिति : स्थानीयमा खुशयाली

सिरहाको बरियारपट्टीमा नयाँ अधिकृत अधिकारीको उपस्थिति

  • भदौ ३०, २०७७
  • १४२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह,सिरहा लहान ३० भदौ - सिरहाको दक्षिण बर्ति बरियारपट्टी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीको स्वागतमा गाउँ पालिकाको अध्यक्ष लगायत स्थानीय संग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। अधिकृत रंजित अधिकारी आउने बित्तिकै गाउँपालिकामा राम्रो र लोकप्रिय् अधिकृत गाउँ पालिकामा काम गर्न आउँदा कर्मचारी लगायत स्थानीयहरु खुशी भएका छन्। केहि बर्ष अगाडि सिरहाको लहान ईलाका प्रशासन कार्यालय लहानमा हुँदा निकै लोक प्रिय भएर जानु भएको अधिकारी सयौं प्रमुख प्रशासकिय अधिकृत मध्ये प्रशासनिकमा राम्रो र जुझारु अधिकृत मध्येमा एक हुन । उक्त कार्यक्रम गाउँ पालिकाका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा विभिन्न पार्टीमा आवद्ध राजनीतिकर्मी, समाजसेवी लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुद्वारा अधिकृत अधिकारीको भव्य स्वागत गरेका थिए । केहि वर्ष अगाडि सिरहाको लहान नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय लहानमा कार्यरत रहि सेवा गर्दै आएका रंजित अधिकारी, सरुवा भई सप्तरी जिल्लाको बिष्णुपुर गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भाल्दै आएका थिए । अध्यक्ष महतोले भने नयाँ अधिकृत अनुभवी एवं प्रशासनिकमा राम्रो अनुभव बटोलनु भएका अधिकृत गाउँपालिकामा आउँदा बिकास निर्माणको काम गर्न सहज हुन्छ उनले बताए ।आ.व ०७६/७७ सालमा उपभोक्ता समितिद्वारा गरिएको अधिकान्स बिकास कार्य सम्पन्न भएपनी भुक्तानी पाउन नसकेपछि नयाँ अधिकृत अधिकारीको हाजिरीले उपभोक्ता समितिका सदस्यहरु हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१