Siraha Times
ताजा समाचार

मंगला देबि स्मृति प्रतिस्ठान द्धारा लहानमा रक्त दान

सिरहाको बलड बैंकमा रक्तको अभाव संगीता कर्माचार्यले आफै रक्त दिदै कार्यक्रमको गरे सरुवा

  • भदौ २२, २०७७
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ भदौ - कोरोना कहरको कारणले सिरहा लगायत देश भरीमा बलड बैंकहरुमा रक्तको चर्म अभाव भएको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा आईतवार मंगलादेबि स्मृति प्रतिस्ठानको २४ औं स्मृति दिवको उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलादेबि स्मृति प्रतिस्ठानको प्रदेश न.२ को संयोजक संगीता कर्माचार्यले केहि दिन अगाडि उनलाई सर्बसहमतिबाट संगीता कर्माचार्यलाई चैन गरेका छन्। प्रतिस्ठानले देशका सातै प्रदेशमा संयोजक छनौट गरेका मध्ये संगीता कर्माचार्यले पनि एक हुन्।बिगत सात महिना देखी नेपालमा रक्तको अभावले दिनानु दिन बिरामीहरुको मृत्यु हुनेगरेका एक तथ्यांकले बताएका छन् । २०६९ सालमा दर्ता भई २०७४ साल देखि स्थापना भई कार्यक्रमहरु सुरुवात भएको थियो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सामसद तथा प्रतिस्ठानको संस्थापक डा. डिला संरौला , काठमाडौं उपमहा नगरपालिकाका उपमेयर हरि प्रभा खडकी ,प्रतिस्ठानको संरक्षक प्रकाश मान सिंह ,अध्यक्षमा गंगा लक्ष्मी अवालको अध्यक्षतामा कार्यक्रमहरु अगाडि बढीरहेको कर्माचार्यले बताए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी लहानका डिएसपी डमर राना लगायत ८ जना सशस्त्रका जवान लगायत करिब ५१ जना युवा युबतीहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस लहान सखाकामा कार्यरत कर्मचारीहरु राम कुमार यादव , शुनिल कुमार यादव लहान बलड बैंकका मोटिभेटर ,उत्प्रेरक ,शंकर प्रसाद यादबको एक समुहले बलड डाेनेसन कार्यक्रमा सहयोग गरेका थिए । समाज सेबि महेश चौधरी र नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्यकी मस जोडीले पछिल्लो समय राहत वितरण कार्यक्रम अभियान कै रूपमा चालाएका थिए । महेश र संगीतालाई सिरहामा मस जोडीको नाउले निकै चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१