Siraha Times
ताजा समाचार

शहिदनगरको विभिन्न ठाउँमा स्टेडियम लाईट जडान सबै ठाउँमा सूचारु गरिने :मेयर बरबरिया

  • भदौ १७, २०७७
  • ५८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न ठाउँमा स्टेडियम लाईट जडान गरिएको छ । सोमबार नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को सक्रियतामा नगरपालिकाको विभिन्न टोलमा स्टेडियम लाईट जडान गरी परीक्षण गरिएको छ । शहिदनगर नगरपालिकाको वडा नं. ३ स्थित रहेको गोठकूहाको कुट्टि, शहिद सूर्यनाथ रानको स्मारण नजिकै वडा नं. ८ को डुमरियाचोक र वडा नं. २ को कमलपुर बतराहीमा स्टेडियम लाईट जडान गरीएको हो । सकडबतिको लागि झन्झटिको कार्य भएको र प्रकाश समेत न्यून रहेको भन्दै स्टेडियम लाईटले एउटा सिँगो गाउँ नै उज्यालो हुने गरेको बताइएको छ । गाउँको कुनै चोक चौराहामा अधिक उचाईमा स्टेडियम लाईट जडान गरेपछि गाउँ उज्यालो भएको छ । रात्रीकालिन अवस्थामा अँध्यारोका कारण विभिन्न प्रकारको घटना दुर्घटनालाई न्यूनिकरणको उदेश्यले स्टेडियम लाईट जडान गरिएको मेयर बरबरियाले बताएका छन् । केही ठाउँमा परीक्षण स्वरुप मात्रै जडान गरिएको बताउँदै केही दिनभित्रै नगरपालिकाको हरेक गाउँमा लाईट जडान गरिने बताए । गाउँस्तरमै स्टेडियम लाईट जडान भएपछि स्थानीयहरु हर्षित भएका छन । यसवर्षको दिपावलीसम्म नगरपालिकाभित्रको अन्य प्रमुख ठाउँहरुमा स्टेडियम लाईट जडान गरी नगरपालिका झिलिमिली बनाउने बताइएको छ । उनले नेपाल विद्युत प्राधिकरणको मापदण्ड बमोजिम नगरपालिकाको तर्फबाट मिटर जडान गरी स्टेडियम लाईट सबै ठाउँमा सूचारु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१