शहिदनगरको विभिन्न ठाउँमा स्टेडियम लाईट जडान सबै ठाउँमा सूचारु गरिने :मेयर बरबरिया

  • भदौ १७, २०७७
  • ५५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न ठाउँमा स्टेडियम लाईट जडान गरिएको छ । सोमबार नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को सक्रियतामा नगरपालिकाको विभिन्न टोलमा स्टेडियम लाईट जडान गरी परीक्षण गरिएको छ । शहिदनगर नगरपालिकाको वडा नं. ३ स्थित रहेको गोठकूहाको कुट्टि, शहिद सूर्यनाथ रानको स्मारण नजिकै वडा नं. ८ को डुमरियाचोक र वडा नं. २ को कमलपुर बतराहीमा स्टेडियम लाईट जडान गरीएको हो । सकडबतिको लागि झन्झटिको कार्य भएको र प्रकाश समेत न्यून रहेको भन्दै स्टेडियम लाईटले एउटा सिँगो गाउँ नै उज्यालो हुने गरेको बताइएको छ । गाउँको कुनै चोक चौराहामा अधिक उचाईमा स्टेडियम लाईट जडान गरेपछि गाउँ उज्यालो भएको छ । रात्रीकालिन अवस्थामा अँध्यारोका कारण विभिन्न प्रकारको घटना दुर्घटनालाई न्यूनिकरणको उदेश्यले स्टेडियम लाईट जडान गरिएको मेयर बरबरियाले बताएका छन् । केही ठाउँमा परीक्षण स्वरुप मात्रै जडान गरिएको बताउँदै केही दिनभित्रै नगरपालिकाको हरेक गाउँमा लाईट जडान गरिने बताए । गाउँस्तरमै स्टेडियम लाईट जडान भएपछि स्थानीयहरु हर्षित भएका छन । यसवर्षको दिपावलीसम्म नगरपालिकाभित्रको अन्य प्रमुख ठाउँहरुमा स्टेडियम लाईट जडान गरी नगरपालिका झिलिमिली बनाउने बताइएको छ । उनले नेपाल विद्युत प्राधिकरणको मापदण्ड बमोजिम नगरपालिकाको तर्फबाट मिटर जडान गरी स्टेडियम लाईट सबै ठाउँमा सूचारु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१