Siraha Times
ताजा समाचार

काङ्ग्रेस नेता चौधरीको नेतृत्वमा लहान बजारको फोहोर उठाउन थाले

  • भदौ ५, २०७७
  • १५०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राहत अभियान्ता मस जोडीले स्वरुप परिबर्तन गरी सरसफाईमा होमिए महेश सिंह सिरहा ५ भदौ - सिरहाको लहान नगर पालिकामा बिगत केहि बर्ष देखि फोहरको विषय लाई लिएर बिवाद मिडियामा निकै आलोचित देखिएको थियो। लहान नगर पालिका भित्र ठाँउ ठाँउमा थन्किएको फोहरले लहान बजार दुर्गन्धित बन्दै गएका छन्। लहानको पुर्व पश्चिम राजमार्ग अन्तरगत थुपारीएको फोहरको दुर्गन्धले लहानमा कोरोना भाईरस माहामारीमा थप उर्जा थपिएको स्थानीयको गुनासो रहेको छ। ग्रामीण भेगका मानिसहरुले बजारमा किन मेल गर्न आउँदा नाक छोपेर बजार हिननु परेको एक सर्बसाधारणले बताएका छन्। नगर पालिकाले फोहोर उठाउन छाडे पछि दुर्गन्ध सहनै नसकि काङ्ग्रेस नेता चौधरीका एक समुहले बुधबार देखि फोहर उठाउन थालेका छन् । राहत अभियानमा लागेका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कार्माचार्यकी जोडीले बिगत केहि महिना अगाडि देखि लहान नगर पालिका भित्र रहेका प्रत्येक वडाका अतिबिपन्न परिवारलाई निरन्तर ४ महिना देखि अनदान गरेको हो। समाज सेबि चौधरी र कार्माचार्यको जोडीले भने स्थानीय सरकारलाई भ्रष्टाचार गर्नै बाट फुर्सद न भएको आरोप लगाएका छन्। अर्का काङ्ग्रेस नेता तथा नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य तथा जिल्ला उधोग बाणिज्य संघको महासचिव अब्दुल करिमले पटक- पटक नगर पालिकालाई फोहरको ब्यबस्थापन मिलाउन भनिरहदा वास्ता नगरेको उनलेे बताए । फोहरको विषयलाई लिएर बिगत केहिना अगाडि बिवाद उग्ररूप लिए पछी झडप भएको थियो। झडपमा लहान ४ का केहि महिला र पुरुष घाइते समेत भएका थिए । लहान नगर पालिका वडा नम्बर ४ का अध्यक्ष रामनाथ पंडितको नेतृत्वमा हाजारौको संख्यामा लहान बजारमा मेयर विरुद्ध नराजुलुस र लहान नगरपालिकाका मेयर मुनि साह सुडि को पुतला समेत जलाएका थिए । मेयर साहले भने केहि अर्जकता ब्यक्तीहरुले लहानको फोहोर उठाउन दिईरहेको छैन, नगरपालिकाले फोहर उठाउन तयार रहेको मेयर साहले पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए । लहानको फोहर नउठाउनु बाध्यता हो र लहानको फोहर हामीसबैको लागी घातक हो उनलेे बताए । लहान बजारमा थुपरिएको फोहर केहि संघ संस्था र केहि राहजनिति दलहरुले फोहर उठाउने काम गर्ने गर्ने गरेको छ । वहाँहरु सराहनीय काम गरिरहेको धन्यवादको पात्रहो मेयर साहले बताउनु भयो । उक्त फोहर मकारी युवा तथा समाज सेबि राम नारायण रामु चौधरीले निजि जग्गामा फोहर राखन दिएको ब्ताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१