ताजा समाचार

महान सहिद क. रामबृक्षको २६ औं स्मृतिको दिन सिरहाको लहानमा बृक्षारोपन

  • भदौ ३, २०७७
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह , सिरहा ३ भदौ । महान सहिद क. रामवृक्ष यादवको २६ औं स्मृति दिवस लाहान नगरपािलका वडा नम्बर २०मा भबिय रुपमा मनाएको छ । तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धमा अहम भुमिका खेलनु भएको महान सहिद यादवको २६ औं स्मृति दिबस सिरहा लगायत देश भरी मनाएको छ । महान सहिद यादवको स्मृति दिवस मनाउन लहान नगर पालिका वडा नम्बर २० हरिनगरा पुगेका थिए । यादवको सम्झ्ना वृक्षारोपन र करिब १० प्रजातिका बिरुवाहरु नि :सुल्क रूपमा स्थानीय बासीलाई वितरण गरेका थिए । उक्त कार्यक्रम महान सहिद क.यादवको साईलि छोरी सुधा यादव की अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । छोरी यादवले अध्यक्ष कै आशनबाट बोल्दै बुवाले उठाएको झणडा कहिले झुकन नदिने उनले बताए ।

 

कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य चौधरीले भने आज देखि २५ ,२६ बर्ष पहिले यो देशमा परिवर्तन ल्याउन रामबृक्षको ठुलो योगदान रहेको छ। रामबृक्ष गरीब जनताहरुको रगरगमा भिगेको उनले बताएका थिए ।

नेकपा नगर समिति लहानले सहिद यादवको स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजन गरेको थियो । श्रद्धाञ्जलिल कार्यक्रममा नेकपाका सयौं दिगज नेताहरुको उपस्थिति रहेको थिए ।कार्यक्रममा लहान नगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गणेश चौधरी ,नेकपाका चर्चित युवा तथा प्रभाव शाली नेता विजय गुप्ता, गमकलाल चौधरी ,ईन्द्र नारायण चौधरी ,देब नारायण महतो ,पपु साह लगगायतका नेता तथा कार्यकर्ताहरुले सहिद यादवको तस्वीरमा मल्यार्पण तथा अविर चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रम लहान नगरपालिका २० हरीनगरा आधारभुत विधालयमा विभिन्न प्रजातिका विरुवा रोपि संचलन भएका थियो । विरुवा भू संरक्षण कार्यालय लहानले १५ सय विभिन्न प्रजातिका सहयोग गरेका थिए । प्रत्येक बर्ष भदौ ३ गतेका दिन ठुलो महोत्सवको रुपमा मनाउका हुन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤