Siraha Times
ताजा समाचार

लामखुट्टे न्यूनीकरण गर्न सहिदनगर नगरपालिकामा"फोगी मेसिन "

  • वैशाख ११, २०७५
  • ४७८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, १० बैशाख । गर्मी र बर्षातको मौसमसँगै बढेको लामखुट्टेबाट बच्नको लागि फोगी मेसिन ल्याइएको छ । धनुषाको शहिदनगर नगरपालिकामा धुँवा मेसिनबाट धुँवा मार्फत लामखुट्टे निराकरण गर्ने उदेश्यका साथ फोगी मेसिन ल्याइएको नगर प्रमुख उदय कुमार बरबरियाले बताए । गर्मीको मौसम तथा बर्षायाममा वातावरण प्रदुषितका साथै लामखुट्टेको सँख्यामा वृद्धि हुने भएकाले पुर्व योजना अनुसार धुवाँ मेसिनले प्रभावित गर्ने उदेश्यका साथ मेसिन ल्याइएको हो । लामखुट्टेको टोकाईबाट बालबालिका तथा गर्भवति महिला एवम् बृद्धबृद्धामा समेत विभिन्न प्रकार रोगहरु लाग्ने सम्भावनालाई मध्यनजर गर्दै मेयर बरबरियाको पहलमा प्रत्येक वडामा फोगी मेसिनले औषधीयुक्त धुँवा छर्कने कार्य गरिने जनाइएको छ । नगरपालिकामै मात्र नभई त्यस क्षेत्रमै पहिलो पटक फोगी मेसिन गएपछि हेर्नेहरुको भीड लागेको थियो भने सोमबारदेखि नै नगरपालिकाकै वार्ड नम्बर ९ गोयठकोयलपुरबाट लामखुट्टे मार्न औषधी छर्कने कार्य प्रारम्भ गरिएको छ । प्रत्येक दिन आवश्यक परेको बेलामै धुवाँ मेसिन मार्फत प्रत्येक वडामा लामखुट्टेको औषधी छर्कने मेयर बरबरियाले भने । धनुषामा जनकपुर उपमहानगरपालिकापछि मात्र शहिदनगर नगरपालिकामा फोगी मेसिन प्रयोगमा ल्याइएको हो । उक्त मेसिनको प्रयोगले लामखुट्टे मार्नुका साथै धुँवाबाट बच्ने लामखुट्टे बाँझो हुने गरेकोले त्यो मेसिन प्रयोगमा ल्याइएको जनाइएको छ । फोगी मेसिन नगरपालिकामा ल्याइएपछि नगरवासी हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१